सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपदमा पनि सम्वादको पहल

नेपालगञ्ज ,कोरोना भाइरस भित्रीन र फैलिन नदिन उच्च सतर्कता अपनाइएका बेला सम्वाद समूह बाँकले पनि सामाजिक उत्तरदायीत्व वहन गर्ने कार्य गरिरहेको रहेको छ ।

विवाद, द्धन्द्ध न्यूनीकरण र जनसरोकारका सवालमा सम्वाद सहजीकरण गर्दै आएको समूहले यती बेलाको विषम परिस्थितीमा स्थानीय प्रहरी÷ प्रशासन र स्थानीय तहका प्रमुख एवं प्रतिनीधीसँग नियमित सम्पर्क र समन्वयमा रही जानकारी लिने तथा आवश्यक सहजीकरणको लागि पहल गर्ने काम गरिरहेको छ ।
सम्वाद समूहको सहजीकरणमा आज लक डाउनका कारण काम नभएर अलपत्र परेका सीक्टा सिंचाई नहर अन्तगर्त सफल कन्सट्रक्सनका २० जना कर्मचारी र मजदुरलाई गन्तव्यतर्फ पठाउने कार्य गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका– ५ विनौनामा दुई हप्तादेखि कष्टकर अवस्थामा बस्दै आएका उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकासँगको समन्वयमा कम्पनीकै गाडीबाट कैलाली, कञ्चनपुर, चितवन र काठमाडौं पठाइएको हो ।


सम्वाद सहयोगी समूहका संयोजक एवं सह सहजकर्ता मकबुल मुकेरी र सदस्य देवीलाल भण्डारीले खाने वस्ने समेतको कष्टकर अवस्थासहितको सूचना सम्पे्रषणपछि समूहले उनीहरुलाई गन्तव्यतर्फ पठाउन सहजीकरण गरेको हो ।


प्रमुख जिल्ला अधिकारी खड्काकोे अध्यक्षतामा आज बसेको वैठकले निर्माण, उत्पादनमा संलग्न कर्मचारी÷कामदारलाई विदा दिएर घर जान अनुमती दिने लगायतका निर्णय पनि गरेको छ ।

सुरक्षा अधिकारी र जनप्रतिनीधीसहितको बैठकले स्थानीय तहले दुई हप्ता यता भारत तथा तेस्रो मुलकबाट आएकाहरुको विस्तृत अभिलेख तयार गरि जिल्ला प्रशासन कार्यालय पठाउने र दैनिक उपभोग्य वस्तुको निर्वाध आपुर्तीको व्यवस्था मिलाउनु पर्ने लगायतका निर्णय पनि गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »