सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ज्याला मजदुरी गर्ने ब्यक्तिलाई नेपालगञ्जले राहत उपलब्ध गराउने

नेपालगन्ज,नेपालगञ्ज उपमहानगरपालिकाले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार, आइतबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ब्यक्तिको वडा कार्यालयले तथ्यांक संकलन गरि पहिचान गरेर तत्काल खाद्यान्न सहयोग गरिने छ ।


विपन्न ब्यक्तिहरुलाई चामल, पिठो, दाल, नुन, आलु,तेल र साबुन उपलब्ध गराइने छ । वडा कार्यालयले राहत पाउनेहरुको सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । लकडाउनका कारण समस्यामा परेका ब्यक्तिलाई राहत उपलब्ध गराउन लागिएको हो ।

यसैगरी बैठकले प्रत्येक वडामा खाद्यान्न पसल संचालन तथा ठेलागाडामा तरकारीको विक्रि वितरणको ब्यवस्थापनका लागि वडा कार्यालयलाई जिम्मेवारी दिएको छ ।

बैठकले भारतबाट आएका ब्यक्तिलाई सम्भव भएसम्म क्वारेन्टाईनमा राख्ने र नभए घरमै सेल्फ क्वारेन्टाईनमा बस्ने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।


यसैगरी तेश्रो मुलुकबाट आएका ब्यक्तिको बारेमा प्रशासनमा जानकारी गराउने निर्णय गर्दै बैठकले वडाबासीसँग कुनै ब्यक्तिको सूचना भएमा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । वडास्तरमा क्वारेन्टाईन स्थापनाका लागि स्थान पहिचान गर्ने निर्णय गरिएको छ ।


कोरोना भाईरस(कोभिड १९)को संक्रमण भित्रिन नदिन उच्च सावधानी अपनाउँदै बैठकले नगरक्षेत्रमा दुईवटा टास्कफोर्स जुनसुकै बेला परिचालन हुने गरि राख्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा उपलब्ध गराउने निर्णय गरिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । बैठक नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षमा बसेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »