सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न राणाको माग

नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलसमक्ष माग गर्नुभएको छ ।

सोमबार मुख्यमन्त्री पोखरेलसँगको भिडियो कन्फ्रेन्समा नगरप्रमुख राणाले नेपालगञ्जमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको हो ।


सोक्रममा मुख्यमन्त्री पोखरेलले नेपालगञ्जमा छिट्टै आवश्यक जनशक्ति र पूर्वाधार तयार गरि प्रयोगशाला सञ्चालनमा आउने जानकारी दिनुभयो । मुख्यमन्त्रीले पिपिई, लगायतका अन्य मेडिकल सामाग्री पनि छिट्टै पठाइने बताउनुभयो ।


कोरोना संक्रमण भित्रिन नदिनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले गरेका कामको बारेमा जानकारी लिदै मुख्यमन्त्री पोखरेलले कोरोनाको संक्रमण भित्रिन नदिन सबैपक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोक्रममा नगरप्रमुख राणाले नेपालगञ्जले कोरोना विरुद्ध गरिरहेको प्रयास र पहलकदमी बारे जानकारी दिदै आवश्यक मेडिकल सामाग्रीको अभाव भएको बारे मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »