काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दुई ठूला पार्टीले खुसुक्क सहमति गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन्।
काठमाडौंमा पत्रकारहरूसँग शुक्रबार कुराकानी गर्दै उनले महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा दुई पार्टीले खुसुक्क सहमति गर्नु उचित नहुने बताए।
‘यति महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अगाडि बढ्नुपर्थ्यो,’ कांग्रेस र एमालेले गत असार १७ गते गरेको सहमतिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘दुइटा पार्टीले खुसुक्क सहमति गर्ने उचित होइन। यो तरिकालाई जायज भन्न सकिँदैन। संविधान संशोधनलगायत कुराहरू छन्, १२, १३ वटा पार्टीहरू छन् उनीहरूलाई बोलाएर परामर्श गरेको भए बिग्रन्थ्योरु’
उनले एकीकृत समाजवादीको राष्ट्रिय राजनीतिमा रहेको भूमिकालाई कसैले ुमाइनसु गर्न नसक्ने पनि बताए। अहिलेको सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने पनि अध्यक्ष नेपालको भनाइ छ।
नेपाली कांग्रेस र नेकपा ९एमाले० ले गत असार १७ गते नयाँ समीकरण बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत सहमति गरेका थिए। पहिलो कार्यकाल प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली हुने र चुनाव गराउने गरी दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति उनीहरूबीच भएको छ।