सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यातायात कार्यालयमा सेवाग्राहीको भिड

काठमाडौं। काठमाडौंको ठूलो भर्‍याङस्थित यातायात कार्यालयमा सेवाग्राहीको भिड लागेको छ।

यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएपछि केही दिनदेखि सेवा बन्द थियो।

मंगलबार सर्भर सञ्चालनमा आएपछि यातायात कार्यालयमा भिड लागेको हो।

दुई दिनसम्म सर्भर डाउन हुँदा रोकिएको काम आजदेखि सुरू गरिएको छ।

सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको कार्यालयमा जमघट हुँदा भिड बढेको हो। 

यातायात व्यवस्था कार्यालयको केन्द्रीय सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयका सेवा दुई दिनदेखि प्रभावित बनेको थियो।

सर्भर डाउन हुँदा बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिला लगायतका काम ठप्प भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »