सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा पत्रिका वितरकलाई लोकप्रिय सन्देश राष्ट्रिय दैनिकको सहयोग

नेपालगञ्ज,नेपालगञ्जबाट प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले सुरु गरेको पत्रिका वितरकहरुलाई सहयोग अभियान अन्तर्गत बुधबार तीनजनालाई सहयोग गरिएको छ ।

एमके स्टोर्सका सञ्चालक समेत रहनुभएका नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी सङ्घका प्रबक्ता अव्दुल जलिल मन्सुरी मुन्नाले उपलब्ध गराउनुभएको खाद्यान्न सामाग्री पत्रिका वितरकहरुलाई सहयोग गरिएको हो ।

लोकप्रियका प्रबन्धक दिनेश ठाकुरले विपन्न समुदायका सहयोग गर्ने नीति अनुसार पत्रिका वितरकहरुलाई सहयोग गरिएको बताउनुभयो ।

लोकप्रिय सन्देश दैनिकको अभियानमा सहयोग गर्न आग्रह गर्दै ठाकुरले प्रतिवद्धता अनुसार दाताबाट सहयोग प्राप्त हुनासाथ अन्य वितरकहरुलाई पनि सहयोग गरिने बताउनुभयो ।

लोकप्रिय सन्देशको अभियानमा नेकपा बाँकेका नेता रत्न खत्रीले ५ हजार, प्रमोद धितालले ५ हजार, समाजसेवी मिन मल्लले ५ हजार, युवा उद्योगपति कमल कार्कीले ५ हजार, युवा ब्यवसायी माईक बुढाथोकीले ५ हजार, भेरी अस्पतालका केशव पौडेलले ५ हजार रुपिया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

नेपालगञ्जमा पत्रिका वितरकहरुको अवस्था दयनीय भएका कारण यो अभियान सुरु गरिएको पत्रिकाका प्रकाशक तथा सम्पादक गोविन्द शर्माले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »