नेपालगन्ज , नेपालगन्जको सिने रोयलले आफ्नै मोबाइल एप लन्च गरेको छ । सिने रोयलको पहिलो वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहक तथा दर्शकलाई सहज तरिकाले टिकट खरिद गर्ने उद्दश्यले उक्त मोबाइल एप लन्च गरेको हो ।
सिने रोयलले आफ्नै सिने हलमा आयोजना गरेको एक कार्यक्रममा हलका संस्थापक डा.विनोद थापा र उनकी श्रीमती डा. कल्पना थापा ले पर्दा हटाई सिने रोयल मोबाइल एपको शुभारम्भ गरेका थिए ।
सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले आफ्ना ग्रहकवर्ग एबम् सर्वसाधरणलाई सहज र सरल तरिकाले टिकट खरिद गर्ने हेतुले उक्त एप तयार पारेको बताएका छन् । उनले “भविष्यमा खाजाका परिकार सहित अन्य सेवामा समेत विशेष छुट दिनेगरी व्यवस्था अघि बढाइने बताए ।” शाहले अबको एक साता भित्र टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाईन्सको पर्वतीय उडान जित्ने मौका मिल्ने र दुई दिनभित्र टिकट खरिद गर्ने दर्शकलाई नेपालगन्जमा रहेको वल्र्डलिंकको विभिन्न प्याकेजमा २५ प्रतिशत छुट रहने जानकारी दिएका छन् । शाहले आफ्ना दर्शकले एपबाट करिब २ मिनट भित्र टिकट खरिद गर्न सक्ने बताए ।
कार्यक्रमका बीच हलका संस्थापक डा.थापाले हलले विभिन्न आकर्षक प्याकेजसहित पहिलो वार्षिकोत्सव मनाउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले आफूले जग्गा जमीन छाडेर करिब २५ करोड लगानीमा सञ्चालन गरेको उक्त हलले आज सम्म सन्तोषजनक व्यापार गर्न सफल रहेको बताए ।
सिने रोयलको एक वर्षे यात्रामा बलिउड चलचित्र गदर २ र नेपाली चलचित्रमा परदेशी २ ले सर्वाधिक आम्दानी गर्ने सूचीमा रहेको हलका सीओओ रितेश श्रेष्ठले जानकारी दिए । साथै चलचित्र महाजात्राले भने ५१ दिन मनाउन सफल भएको श्रेष्ठले बताए ।