सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माप्य दुधकोशी गाउँपालिकामा कोल्डस्टोर भवन निर्माणको नाममा घोटाला

काठमाडौं । माप्य दुधकोशी गाउँपालिकामा कोल्डस्टोर भवन निर्माणको नाममा २३ लाख घोटाला भएको एक श्रोतले बताएको छ ।
माप्य दुधकोशी गाउँपालिका वडा नं.४ (साविक काँकु गाविस) छास्कुर टोलमा कोल्डस्टोर निर्माणको लागी आ.व. २०७९/८० को संघीय सशर्त तर्फको वजेट वाट रु. २३ लाख विनियोजन भएको थियो ।
उक्त आयोजना जेवी कृषी फर्म मार्फत सम्झौता भएर भवन निर्माण शुरु नै नगरी गाउँपालिकाको उपाध्यक्ष, प्रविधिक जोना राई, वडा नं ४ का वडाध्यक्ष भक्त वहादुर राई र गाउँपालीकाको कर्मचारीहरुको मिलेमतोमा फर्जी कागजात तयार गरी भवन निर्माण कार्य सम्पन्न भएको देखाई वजेट निकासा गरी २३ लाख वजेट घोटाला गरीएको देखीएको श्रोतको दावी छ ।
उक्त आयोजनमा भएको भ्रष्टाचारको बारेमा वडाका सरोकारवालाहरुले अख्तियारमा उजुरी गरेपछी अख्तियारले गाँउपालिकालाई पत्र काटेको र रातारात भवन निर्माण कार्य सुरु गरेको श्रोत बताउँछ ।
यसरी कामै नगरी अनियमितता गर्नेहरु प्रति सम्बन्धित निकायहरुले अनुसन्धान गरी कानुनी दायरामा ल्याओस भन्दै स्थानीय सरोकार वालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गराएको र अन्य सम्बन्धित निकायमा जाने समेत तयारी भईरहेको बुझिएको छ ।
यस बिषयमा आवश्यक बिवरणको लागि सारा खबर प्रतिनिधिले उपाध्यक्ष गौरव राई संग सम्पर्क गर्न खोज्दा उहाँको फोन रिसिभ नै भएन ।

भर्खरै

सम्बन्धित खबर

Language »