सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दासत्वको भूमरीले लपेटिएको प्रकाश

सरोज कुमार तामाङ

अहिले विभिन्न सामाजिक सञ्जालहरूमा सबैले प्रकाश तामाङलाई आदर्श पात्रको रूपमा व्यक्त गर्दै आएका छन् । यो किन पनि हो भने नेपाली सर्वहारा र श्नमजीवीवर्गहरूको मनको कुरा छुन सक्ने प्रत्येक नेपालीको घरघरमा घटिएको घटनामा आधारित वास्तविक कथाले लोकतन्त्रको यो युगमा पनि हाम्रो समाजलाई सामन्तवादका गन्धले कसरी लपेट्दै आएको छ भन्ने एक मानक हो ।

 चाहे राजकीय सत्ताधारीहरूले मानुन या नमानुन समाजको वास्तविक यथार्थ यही हो । प्रकाश तामाङ जस्ता निर्दोष नागरिकहरूले दासत्वको भारी बोक्दै आएका छन् । ती सम्बन्धित परिवारले नदेखेपनि समाजले त्यस्ता घटनाहरूलाई लुकाउँदै आएका छन् । गोरखाको त्यो समाजलाई यो बारेमा थाहा थिएन र ? पक्कैपनि थाहा थियो । जनताको घरदैलोको सरकार भनिने त्यहाँका स्थानीय तहका जनप्रतिनिधिहरूले यो बारेमा किन बोलेन् ? किन बोलेन भने अझैंपनि हाम्रो समाज र ती समाजका जनप्रतिनिधि भनौदाहरू सर्वहारा र श्नमजीवीवर्गको पक्षमा होइन कि त्यही हिजोको निरंकुश सामन्तवर्गको थिचोमिचोको प्रांगणमा उभिएको आभाष हुन्छ ।

 राज्य एकात्मकबाट संघात्मक संरचनामा प्रवेश गर्दा पनि ती प्रकाश तामाङ जस्ता दासत्वका दैनिकीमा केही परिवर्तन हुँदैन भने हामीले कसरी वर्गविहिन समाजको कल्पना गर्न सक्छौं ? त्यसैले, हामीले लोकतन्त्रमा राजकीय सत्ता त फेर्यौं तर, जनताको जीवनस्तर फेर्ने समाजको आर्थिक-सामाजिक चरित्र फेर्न बाँकी नै छ । यसको अर्थ समाजको उपरिसंरचनामा परिवर्तन हुँदैमा समाजको आधार संरचना परिवर्तन हुन सक्दैन् भन्ने प्रकाश तामाङबाट प्रष्ट भएको छ । राजनीतिको मूल धर्म भनेको चाहे समाजको आधेय फेरून या आधार जनताको दैनिकीमा, उसको हक अधिकारहरू उपभोग गर्ने तरिकामा र जनजिविका सवालहरूमा आमूल परिवर्तन हुनुपर्छ, तबमात्र जनताको शासन व्यवस्था भनिने लोकतन्त्र संस्थागत हुनसक्छ ।

प्रकाश तामाङ देखिदाँ एक दयनीय पात्रको रूपमा चित्रण गरेतापनि यो सिंगो तामाङ समुदायहरूको वास्तविक आर्थिक-सामाजिक नक्शा पनि हो । हिजोको क्रुर निरंकुश सामन्तवाद र एकात्मक राज्यसत्ताको कारण यो मुलुकमा तामाङ समुदायहरू आधुनिक नेपालको एकीकरणसँगै दयनीय अवस्थाबाट गुज्रदैँ आएको सबैलाई अवगत भएकै तितो बिषय हो । समयक्रमसँगै राज्यसत्ता फेरिदैँ गए तर ती तामाङ समुदायहरूको दैनिकी र सामाजिक-आर्थिक हैसियत फेरिएन् । झन, जहानियाँ राणाकालीन समयमा मासिएको जातभित्र राखियो । अन्य जातजातिहरूको स्तर उन्नति हुँदै जाने तर तामाङ समुदायहरूलाई भने जबर्जस्त बर्बर युगमा घचेट्ने त्यो पाशविक युगको अन्त्य अहिलेको लोकतन्त्रसम्म आइपुग्दा पनि ती सामन्तवर्गका आधार र अवशेषहरू समाजमा जिवित्तै रहेको छ भन्ने प्रकाश तामाङले प्रमाणित गरेको छ ।

 मासिएको जात, जसलाई मारेपनि काटेपनि नियम कानून नलाग्ने, जसले श्नीसम्पत्ति राख्न नपाउने, जसको सामाजिक-आर्थिक हैसियत घरपालुवा जन्तुको तहमा हुने हामी तमाम् तामाङ समुदायहरूलाई अहिलेको राज्यसत्तासम्म आइपुग्दा पनि दासत्वको जीवन विताउनु पर्छ भने अब विचार गरौं कि मासिएको तामाङ समुदायहरूलाई अन्य आदिवासी जनजाति सरह समानुपातिक समावेशी हिसाबले मूल्यांकन गरेको छ त ? यो हाम्रो व्यक्तिगत प्रश्न होइन, यो प्रश्न अहिलेको राज्य-व्यवस्था र शासन-व्यवस्थाप्रति असन्तुष्टि भएरपनि लेखिएको होइन् । यो त राज्यको विभेदकारी नीतिको कारण हाम्रा राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक हक हितहरूको संरक्षण किन भएन भन्ने हेतुले पस्किएको हो । हामी जातीय द्धन्द्ध फैलाउने उदेश्यले प्रेरित छैनौं, यो हुनु पनि हुँदैन किनकि जातीयद्धन्द्धको चपेटा कस्तो हुन्छ भन्ने खुद हामी स्वयम् आफैले लामो समयदेखी भोग्दै आएका छौं ।

त्यसैले, हामी समानताको पक्षमा सदैव उभिने तामाङ समुदायहरू हौं । तर, यसको मतबल यो होइन कि जातिगत हिसाबले हुने यहाँका वर्गीय द्धन्द्धलाई पन्छाएर वर्ग सम्झौता र वर्ग समन्वयको पक्षमा भने हाम्रो सहमति हुनसक्दैन् । हाम्रो आफ्नो पहिचानलाई नामेट पार्न विगत लामो समयदेखी योजनावद्ध ढंगले लाग्ने ती क्रुर निरंकुश सामन्ती शासकहरू र तिनका वर्तमान प्रस्तोताहरू हामीलाई स्वीकार्य हुँदैन् किनकि यो मुलुकमा अन्यको जति बाँच्ने र जिउने लगायत सामाजिक-आर्थिक हैसियत राख्छ, हाम्रो पनि त्यही हैसियत हुनुपर्छ चाहे त्यो राजनीतिक, सामाजिक लगायत अन्य क्षेत्रहरूमा नै किन नहोस् ।

यदि यस्ता कुराहरूले वर्तमान अर्ध-विभेदकारी राज्यसत्ता लगायत ती विगतका क्रुर सामन्ती शासकवर्गहरूका बचेखुचेका भूतप्रेतात्माहरूले तामाङ समुदायहरूप्रति दर्शाउने शोषण उत्पीडनका गायत्रीमन्त्रहरू जप्दैमा हामी प्रगतिशील समाजको निर्माण चाहने समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्त जस्ता साम्यवादी नीतिहरूलाई धेरथोर लागु गर्दै अघि बढ्न सम्पूर्ण सर्वहारा श्नमजीवीवर्गहरूसँग काँधमा काँध र हातमा हात मिलाउन सदैव तत्पर छौं ।

राज्य सबैको हुनुपर्छ भन्ने मान्यता हामीले हाम्रा दिमागहरूबाट नामेट पार्दैछौं किनकि सबैलाई अट्नु पर्छ भन्ने राज्यले जातीय वर्गको निर्माण गर्दै गए । कथित त्यो राम राज्यले उपेक्षित वर्गमा हामी सिंगो तामाङ समुदायहरूलाई लपेटि रह्यो । शताब्दीऔंदेखी दासत्वको भारी बोक्दै आयौं तरपनि उत्पीडन र शोषणको कथाबाट तामाङ समुदायहरू मुक्त भए होलान् भनि शान्त वातावरणको अपेक्षा गरि रहदाँ प्रकाश तामाङहरू जस्ता व्यक्तिहरूको काहानी किन देखा पर्छ ? यसको व्यापक खोजिनिधि गर्नु जरूरी छ ।

 यस्ता हजारौं सर्वहारा र श्नमजीवीवर्गका छोराछोरीहरू चाहे जुनसुकै जातका किन नहुन प्रत्येक नेपालीको घर-घरबाट हराउँदै आएका छन् । राज्यको ध्यान नपुग्ने मुलुकको कुना कन्दराहरूमा हिमनदीसँगै उनीहरूका दुखका आँशुहरू बग्दै आएका होलान् । परिवारको मिलन र आमाको न्यानो काख खोज्ने ती प्रकाश तामाङहरूले आत्मदहको बाटो रोज्न छाडेर अझैंपनि पर्खाईको घडीमा आफ्नो यौवन बिताउँदै आएका होलान् ।

गूगल र भूगोलमा नभेटिने यस्ता प्रकाश तामाङहरूलाई हेर्ने कथाका संचालिका विद्या चापागाँईको नजरले देख्दा ह्रदय देखिनै नमन भन्न चाहेँ । सर्वहारा श्नमजीवीवर्गको उत्थानको निम्ति साम्यवादको नीतिहरू बोकेर हिड्ने हामी कम्युनिष्टहरू भन्दा एक कदम अघि आदरणीय कार्यक्रम प्रस्तोता विद्या चापागाँई देखिए । राज्यको नजर जनताले तिरेको कर, तिरोमा मात्र होइन; ती कर, तिरो तिर्ने दुखी नेपाली जनताको दैनिकी तर्फ पनि सोझिनु पर्छ । राज्य जनताको जिउधनको रक्षा गर्नबाट चुकेको छ । आफ्ना नागरिकहरूको स्थितिबारे बेखबर हुनु लोकतन्त्रमा शोभा दिदैँन् । प्रकाश तामाङ जस्ताहरूलाई राज्यले खोज्नका निम्ति प्रत्येक स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिऔं ।

त्यति मात्र होइन, विदेशमा बसेका प्रत्येक नेपाली नागरिकहरूको अवस्था बुझ्न त्यहाँ स्थिति राजदूतावासहरूलाई निर्देशिका जारी गरौं । प्रकाश तामाङहरू जस्ता उत्पीडितहरूले राज्य छ भन्ने महसुस गरून् । अहिलेको आधुनिक युगमा पनि देखिदैँ आएका उत्पीडनका ती स्वरूपहरूलाई निर्मूल गर्न हदैसम्मको कानूनी उपचार खोजौं । यो व्यवस्था जनतालाई दास बनाउन होइन, दासत्वबाट मुक्त हुन हो । नारकीय जीवन होइन, स्वर्गीय जीवन बिताउन ल्याएको व्यवस्था हो । अर्काको दासत्वमा सामन्तीहरूले स्वर्गीय जीवन बिताउने खेलको अन्त्य हुनुपर्छ ।

राज्यको ध्यान नपुग्ने मुलुकको कुना कन्दराहरूमा हिमनदीसँगै उनीहरूका दुखका आँशुहरू बग्दै आएका होलान् । परिवारको मिलन र आमाको न्यानो काख खोज्ने ती प्रकाश तामाङहरूले आत्मदहको बाटो रोज्न छाडेर अझैंपनि पर्खाईको घडीमा आफ्नो यौवन बिताउँदै आएका होलान् । गूगल र भूगोलमा नभेटिने यस्ता प्रकाश तामाङहरूलाई हेर्ने कथाका संचालिका विद्या चापागाँईको नजरले देख्दा ह्रदय देखिनै नमन भन्न चाहेँ ।

सरोज कुमार तामाङ यस अनलाईनको नियमित स्तम्भकार हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »