अमेरिकी ग्रामीण क्षेत्र घुमघाम पश्चातको अनुभुति हरु !
एउटा सानो दृष्टांत सहीत सफल र सार्थक जीबनको सार के मा रहेछ भनेर चर्चा गर्ने जमर्को गरे । यस पटकको घुमघामको प्राथमिकता याहाको ग्रामिण ईलाकाहरुमा बस्ने हरुको जीबनशैलीमा अभ्यस्त रह्यो । हुन त याहा को सहर देखि टाडा ग्रामीण बस्ती हरु मा भौतिक पूर्बाधारहरुको कुनै कम र अभाव देखिदैन । चिल्ला सड़क बिजुली पानी नपुग्ने कुनै पहाड़ खोचको एउटा घर देखिदैन जबकि हामि दुर्गम गाव लाई हेरिने सोचाई फरक पाईन्छ ।
भनिन्छ नि नया परीबेसका मित्र हरु संग जोडीनु, घुलमिल हुनु, नौलो स्थान हरुमा घुमघाम गरी केही सार तत्वहरु लाई मनन गर्नु ,प्रबिधीले अकल्पनिय फट्को मारेको उपलब्धी हरुमा जानकार बनि सम्मान गर्नु, संसारका अन्य मुलुकहरुमा रहेका मानव हरुको जीबनशैलीको यथार्तता बुझ्नु, अरुको सरल सहज सार्थक जीवन शैली लाई अनुकरण गर्नुले अझै बडी आशान्वित ख़ुशी र उर्जाबान बन्न प्रेरित भईने रहेछ । यता सम्पन्न मुलुकहरुमा उच्चशिक्षा हासिल गरि यताको संस्कार र सिस्टममा घुलमिल भएका हाम्रा नया पुस्ताहरु लाई आफ्नो जन्म स्थानमा भईरहेका बेथीति, शिक्षित भनिएको मानिस हरुको सागुरो सोच, घोचपेच गर्ने स्वभाब, अनावश्यक एउटै बिषयहरुमा रुमलिईने, आग्रह पूर्वाग्रह कै घेराबाट बाहीर नआउने चरित्र, पदलोलुपताको वरीपरी शक्ति प्रदर्शनको नांगो हस्तक्षेपमै अमूल्य समयको दुरुपयोग, हमेशा प्रतिपक्ष प्रति क्षुब्ध आक्रोश जनक टिप्पणी बादबीबाद, हमेशा समर्थन बिरोध का कुरा हरु मानसपटल बाट बिर्सन चाहादा रहेछन । राजनिती के को कस्को लागी भन्ने अमूर्त परीभाषाको रटान को टुंगो कस्ले लगाईदिने ? अदालत को पछील्ला निर्णय हरुनै बिबादमा परेको अबस्थाले चिन्तित तुल्याउनु स्वभाबिक छ । स्वतंत्र कानुनी रुपमा चल्नु पर्ने अपेक्षा गरिएको प्रहरी प्रशासन न्यायीक निकाय हरुमा समेत राजनैतिक हस्तक्षेप बाट पुरा लंगडो बनाउने काम भएको अबस्था देखियो ।
भनिन्छ नि घटीया मानिस हरु अरुको कुरा काट्न आलोचना गरी समय बिताउँछन, मध्यम बर्गका मानिस हरु बिषय घटना हरु लाई सरोकार राखि चर्चा गर्न मन पर्याउछन भने उच्च स्तरका मानिस हरु उपलब्धी हरु सम्भावनाहरु लाई छलफलको बिषय बनाउन रुचि राख्छन ।तर नेपालका शिक्षित पाका अनुभबी मानिसको कुरा सुन्दा, हाई प्रोफ़ाइल भनिएको हरुको कुरा सुन्दा, स्वतंत्र बिचार संप्रेषण गरिनु पर्ने राज्यको चौथो अंग भनिदो पत्रकारिता कुनै न कुनै पार्टीको मुखपत्रको भूमिकामा लेख्नमा ब्यस्त देखिन्छ ।
सत्य तथ्य निया निसाब राज्य बाट अधीकार पाउने ग्यारेन्टी को लागी सड़क संघर्ष मा अझ कति लड़ाई कति बलिदान दिन पर्ने हो ? मुलुको समयसापेक्ष परीबर्तनको अपेक्षा अनुत्तरित देखीन्छ । “Great minds discuss ideas; average minds discuss events; small minds discuss people. “ एउटा अलग्गै सोच बोकेको परीबारको दृस्टान्त हेरौ – एउटा सुन्दर, स्वच्छ जंगल, सफा कलकल बग्ने मानव निर्मित पोखरी/ नदी किनारामा सानो चिटीक्क परेको झुपडी जस्तों लाग्ने सुबिधा सम्पन्न एक्लो घर । माछा मारेर जीबन यापन गर्ने परीबार बस्दोरहेछन । यो जोडी दैनिक आफु लाई चाहीने मात्र माछा समात्ने अनी घरमा ल्याई परीकार बनाउने केही बेची अन्य आबश्यकता पुरा गर्ने गर्दा रहेछन । बाकी समय परीबार संग नया स्थान हरुमा घुम्ने, प्रकृति संग रमाउने दिनचर्या । बुडा बुडी उमेरमा पनि फूर्सदमा प्रसिद्ध कोटीका पुस्तक हरु पढने लेख्ने शौख रहेछ ।
उनीहरुको सदाबहार ख़ुशी हुने रमाईलो दिनचर्या देखी एकजना छिमेकी भर्खरै एम बि ए को अध्ययन सकेर आएको युवाले प्रशन गरेछन कि तपाईं यती थोरै माछा किन समात्नु हुन्छ ? यदी मानिस हरु लाई ज्याला दिएर धेरै माछा मारि प्याक गरी ठुला सहर तिर बिक्रि गरी कम्पनी को रुपमा संचालन गर्न सक्नु हुन्थ्यो नि ? याहाको धेरै आम्दानी शान सौग़ात र हैसियत नै फरक हुन्थ्यो । मछेरा ले प्रति प्रश्न गरेछ – अनी ? बजारमा महल जस्तों घर, मोटर गाडी शान सौकातको जीन्दगी । मछेरा प्रति प्रश्न गर्छ – अनी ? युवाले भन्छन – प्रशस्त धन कमाए पछी त कुरै अर्को ? समाजमा अलग्गै मान सम्मान दृष्टिकोण हैसियत ईज्यत ? मछेरा मुस्कुराई रहेछ र भनेछ – म त्यही त गर्दै छु । ईज्यत त अरु बाट अपेक्षा गर्ने हो र? आफु ले आफु लाई कसरी ईज्यत दिईन्छ, अनुभुति मा भर पर्छ । हेर्नु त मेरो अबकास जीबन साच्चै मनमोहक, आनन्ददायक, तनाव र अभाब मुक्त । आखिर मेरा पिता पूर्खाहरुले त्यतिका सम्पत्ति कमाई के पो लिएर गए ? आखिर सबै छाडेर गए ! बाचुन्जेल धन कमाउने नाममा कहीले पनि परीबार संग संगै रमाईलो गर्ने समय मिलेन न नया स्थान हरुको भ्रमण । कमाउने मात्र होडमा कहीले पनि शान्ति लिन भ्याएनन , जीबन को यथार्तता र मजा नबुझी यस धर्तिबाट सदाको लागी बिदा लिनु पर्यो । हेर्नु म वाहा हरुको पैसाको पछीको भागदौड़को जीन्दगीबाट हुने तनाव बाट प्रेरित भएको हु ।
मलाई हेर्नु नि छोरा छोरी लाई सरकारको सहयोग बाट राम्रो शिक्षा दिक्षा पुरा गरि आआफ्नो पेशामा छन कमाई गर्छन सुख सुबीधा हरु उपयोग गर्छन किस्तामा तिर्छन । हामि दुबै जना मन लागे भेट्न जान्छौ ।उनीहरु लाई फूर्सद मिल्दा आउछन केही दिन संगै बस्छौ रमाउछौ । हो उनी हरु संग भौतिक रुपमा टाडा छौ तर मन बाट धेरै नजीक छौ । आखिर याहाले कल्पना गरेको दुनिया यही हैन र ? बजार भीड़ भाडबाट टाडा सुन्दर दृश्य हरु भीत्र प्रकृति संग जोडीएर शान्ति संग जीबन बीताउन मन पराउदा रहेछन । अधीकांशको सपना र जीबन को लक्ष्य त संसारको नया नया स्थान हरुमा घुमफिर गर्ने, प्रकृतिको सुन्दर दृश्य रुपी उपहार हरुलाई चुम्ने गर्नु लाई प्राथमिकतामा पारेका हुदा रहेछन । के यस्तो जीबनको हामि कल्पना गर्यौ त ? आफु लाई मेटाएर पनि धेरै पैसा बचाउनमा, अनैतिक कार्य गरेर किन नहोस घर घडेरी जोड्नमा तल्लिन देखिन्छन । तिनैको समाजमा हैकम,मान सम्मान र चुरीफूरी ले सर्बसाधरण हरु आतंककीत हुने बिबस । म सोच मग्न भएछु ।
साच्चै हाम्रो देश गरीब काहा हो त ? यो देश संसारमै सुन्दर प्रकृतिको उपहार ले भरीएको सगरमाथाको शिर उठेको देश पो हो कति सम्पन्न देश बाट घुम्न गएका बिदेशी हरु गगनचुंबी हीमाल नदी ताल सुन्दर प्रकृतिक छटाहरु हेरेर मुग्ध बनि आशुझारेको देखेको छु । नमरुनजेल घुमि रहने चुमिरहने प्रतिज्ञा गरी बुढेसकाल सम्म पनि आईरहने याहा का सरल मिलनशार नेपाली हरु संग समन्ध जोडेको हामीलाई बिधीतै छ । नेपालमा यस्ता प्रकृतिका सृजीत रमणीय स्थल हरु कति छन कति ? संसार भरीको मानिस हरु लाई आकर्षित गर्छ । तर बिबश छौ , स्वर्ग जस्तो नेपाल लाई आज संसारको गरीबको गणनामा पुगीयो। हाम्रो पूर्वजको हैसियत बहादुर,सहयोगी, ईमानदार नेपालीहरुका संन्तान हरु आज हामि भन्दा पिछडीएको मुलुकका मानिसहरुको सेवक बन्न बिबश छौ । तर यही देश हाक्ने राजनेता हरुको जीबन शैली र देश प्रतिको गौरब केवल स्वार्थ परक एवं कपटपूर्ण देखिन्छ । हुन पनि कसरी राजनैतिक संस्कार र आदर्श बिहीन कार्यशैली को कारण लोकतांत्रिक व्यवस्था लाई मजाक बनाउदै छन ।
पदमा लिसो लागीरहन मन पराउने नमरुन्जेल ! त्याग नैतिकता भन्ने कुन चराको नाम हो ? जनताहरु बाट सत्तो सराप खाई खाई, शक्तिशाली पद हत्याउने होडमा राज्यको प्रचलित कानुन संशोधन गरी आफ्नो अनुकूल दोहन गर्न, आफ्नो जीन्दगी सकिएको चाल पाउदैनन । यीनि हरुलाई सहयोग गर्न, फूल माला लगाउन ठुलो संख्यामा झोले हरु लाई पाल्नुमा होडबाजी देखिन्छ । देश बनाउने नाममा ठेक्का पट्टा देखी राज्य को संबैधानिक निकाय हरुमा मनोनीत हरुमा यीनिहरु लाई हक छ । कहीले अबकास हुन नपर्ने ? आज छिमेकी देश चिन र भारत को हैसियत काहा पुग्यो ? अमेरिका लगायत सम्पन्न देश का रास्ट्रपतिहरु कार्यकाल सके पछी कसरी समाजमा घुलमिल भएक केही न योगदान दिदै सामन्य जीबन बाचीरहेका छन ।
कुनै स्वच्छ मनोभाव बोकेको युवा लाई पदमा पुर्यायो भने टिक्न खान दिदैनन । मानौ राजनिती यीनिहरुको पुर्खौली कम्पनी जस्तै पेशा बनाउने काम देखिन्छ । राजनिती त सामाजिक उत्तरदायित्व बहन गर्ने बिचार बाट आदर्श बान मानिस हरु ले गर्ने हो तर दुर्भाग्य राजनिती लाई पेशाको रुपमा, सधै पद हत्याउन, सिमीत बिकाउ कार्यकर्ताको ब्यबस्थापनको लागी राज्यको ढुकुटीको दुरुपयोगमा बहादुरी सम्झने, पद भागबन्डा मिलाउने सकश ! मन्त्रालय थप गरेर पनि भागबन्डा ? लाजसरम नमानी बिकाउ पत्रकारहरु को आबरणमा समाचार रटेको हुन्छन अनी युवा पुस्ता लाई असैह्य नहुने कुरा होला त ? युवा लाई रोज़गार बनाउने, शिक्षा स्वास्थ्य रोजगारी बडाउने समाचार कहीले सुन्न पाईदैन । रेडियो टिलिभीजन हरु केवल राजनीतिक पक्षपोषण,कार्यकर्ता हरु को बडाई चडाई सिबाय सुन्न पाईन्न। पाका बरीस्ट नेतृत्व हरु आपसमा दन्द्धको चपेटामा किंकर्तव्यविमूढ़को अबस्थामा देखीन्छन। आपसमा बेईमानी षड्यंत्र र अबिश्वास को चरम अबस्थामा पुगेका हरु बाट कसरी मूलुकको भलो सोच्न सकिन्छ होला ? केवल नजीकको कार्यकर्ता लाई पोस्ने ब्यबस्थापन गर्ने नाममा पदहरु सृजना गरीने , राजदूत समेत योग्यता क्षमता हैन पार्टी को भागबन्डामा ? तर सबै बेथीति हरु नेपाली जनताहरु लाई सामान्य लाग्ने अबस्था देखिदैछ ।
आखिर मानिसको जीबन लाई कसरी सार्थक तरिका बाट बिताउने सबै कुरा सोच र “मनःस्थिति अनि परीस्थिती संगको सामना कसरी गरिन्छ भन्नेमा निर्भर गर्दो रहेछ । मानिसको मन बदल्न कति गाहारो रहेछ अन्यथा परीस्थिती त स्वतह बदल्न सकिने रहेछ “ । जीबनको अन्तिम लक्ष त उत्कृष्ट जीबन मानिस भएर जन्म लिएर पनि पशुबत अबस्था केवल खान, लाउन सन्तान उत्पादन कै चक्रमा हराउन जीबन को सार्थकता छैन । आखिर बाचुन्जेल ख़ुशी रहनु हो अरुलाई भलो गर्ने , सबा प्राणी हरुलाई सम्मान गर्ने सोच काहा पुग्यो ? बिकसित देश भ्रमण गरेर राज्य को धुकुटी रुत्याउने हरु ले सिकुन । आदर्श बान मानवको लागी चाहे महल वा झुपडी , पेशा सानो होस कि ठुलो ? कमाई धेरै होस वा जीबन निर्भीह मात्रै नै किन नहोस ? माने नराख्दो रहेछ । अरुले मलाई के भन्लान हैन मैले मलाई कसरी अमूल्य जीबन लाई बुझी रहेको छु । यही नै सायद जीबन को यथार्तता हो ।अरु सबै रबाफ, शान, मान र धन दौलत को चुरीफूरी क्षणिक हुन सक्छ मनन गरौ यही यस्तै पबित्र बिचार हरु लाई जस्ताको त्यस्तै राख्ने प्रयास गरे ।
जय मातृभूमि जय नेपाल
लेखक-
शम्भु प्रसाद उप्रेती
वाग्मती सफ़ाई अभीयन्ता एवं समाज सेवा पुरस्कार बाट सम्मानित पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हुनुहुन्छ ।