सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा न १० मा तीन सय परिवारलाई राहत वितरण


नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले उत्कृष्ट उपाय अवलम्वनसहित राहत वितरण गरिरहेको छ ।

कोरोना भाइरसका कारण लक डाउन भएपछि दैनिक ज्यालादारी र मजदुरी गर्ने अति विपन्न परिवारलाई जीवन निर्वाह गर्न असहज भएपछि राहातस्वरुप वडा कार्यालयले आज आइतबारदेखि राहत वितरण गरेको हो ।

राहत वितरण गर्दा भीडभाड हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै कुपनका आधारमा वडा परिसर कार्यालयमा एक मीटरको दुरीमा राखेर पालैपालो भोली९सोमबार० सम्म राहत वितरण गरिदैछ ।

एक दिन अघि नै कुपन बाँडेर फरक फरक समयमा राहत लिन बोलाइएको वडा अध्यक्ष विन्दु भुषण बस्नेतले जानकारी दिनु भयो ।

वडाभित्रका तीन सय परिवारलाई १५ केजी चामल, पाच केजी पीठो, दुई केजी दाल, पाच केजी आलु, एक लीटर तेल, एक केजी नून, एउटा साबुन वितरण गरिएको वडा सचिव शान्ती केसीले जानकारी दिनु भयो ।

पाउनै पर्ने तर समेट्न छुटेकाहरुको पनि पहिचान गरि राहत दिने व्यवस्था मिलाइएको वडा अध्यक्ष बस्नेतले बताउनु भयो ।

प्रहरी समेतको सहजीकरणमा पुर्व सभाषद सर्वदेव ओझा, मैकुलाल बाल्मीकी, वडा सदस्य, कर्मचारी, वडाका अगुवा लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »