सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा सशस्त्र प्रहरीले कोरना संक्रणको चेन तोड्यो चौतर्फि रुपमा सशस्त्र प्रहरीको भूमिको प्रसंसा

विकास सिह महता
कञ्चनपुर ,चीनको बुहान शहरबाट विश्वभरी फैलिएको कोरना भाईरस (कोडिभ १९०) रोकथामका लागि नेपाल भारत दुवै देशमा लकडाउन गरिएको थियो ।

त्यही लकडाउनकै समयमा भारतको उत्तराञ्चल प्रदेशमा मजदुर गर्न गएका ११जना घर फर्किए । नेपाल प्रवेस गर्ने मुख्य नाका गड्डाचौकी, ब्रम्हदेब सहितका विभिन्न सहज खुला नाकामा सुरक्षा सर्तकता बढाएको थियो, ताकी कुनैपनि व्यक्ति भारत वा नेपाल प्रवेस गर्न सक्ने अवस्था थिएन् ।

तर मुख्य नाका गड्डाचौकी सहितका नाकाहरुबाट प्रवेस गर्न काँडेतार जस्तै मानेर १४ चैत्रमा ११ जना नेपाली मजदुर भीमदत्त नगरपालिका ९ खलामछेट्टी हुँदै नेपाल प्रवेस गरे । लकडाउन भएकै कारण नेपाल प्रवेस गरेका मजदुरलाई सशस्त्र प्रहरीको टोलीले नेपाली भूमिमा प्रवेस गर्दाकै खबत नियन्त्रणमा लियो ।

शुक्रबार १४ चैत्र दिउँसो १२ बजेतिर उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर दिउँसो ४ बजेतिर गड्डाचौकीमा स्वास्थ्य परीक्षण गर्नदेखि क्वारेन्टाईनमा राख्नका लागि कागजी प्रकृया गर्दासम्म राती परिसकेको थियो ।

सबैजना एकै पालिका बेदकोट नगरका भएकाले उनीहरुलाई सशस्त्र प्रहरीले बेदाकोट नगरका मेयर अशोक कुमार चन्दसंग समन्वय गरेर सिधै राती ९ः३० बजे ब्रम्हदेब हुँदै गड्डाचौकीदेखि सिधै बेदकोट नगरपालिका ९सुन्दरपुरको क्वारेन्टाईनमा राखियो । त्यही ११जना मजदुर मध्ये बेदकोट नगरपालिका १० का ४१ बर्षिया युवकलाई कोरना भएको पृष्टी भयो ।

यदी उनीहरुलाई समयमै नियन्त्रणमा नलिएको भन्दै संक्रमित सहित सबैजना पैदलै घर घर आउँथे । किनकी लकडाउन थियो । नेपाल प्रवेस गरेको स्थानदेखि संक्रमितको घरको दुरी झण्डै २५देखि ३०किलोमिटर पर्छ ।

त्यो विचमा उनीहरु पक्कैपनि गाउँको बाटो भएर आउँथे । घर पुगेपछि घरपरिवारसंग बस्थे, जब बिरामी भएर थला परेपछि मात्रै उनी अस्पताल जाने यतिसम्मको मुभमेन्टमा कोरना संक्रमित गर्ने लामो चैन प्रकृया हुन्थ्यो, मानिसबाट मानिसमा सर्ने रोग भएकाले उनीबाट धेरै संक्रमित हुनेथिए ।

समयमै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई सुरक्षित क्वारेन्टाईनमा राख्दा आज कञ्चनपुरमा कोरना संक्रमितको चेन तोड्न सशस्त्र प्रहरी बल सफल भएको चौतर्फि रुपमा विश्लेषण गरिएको छ ।

संक्रमित संगै आएका १०जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले हस्ताक्षर गरेको सुचनामा संक्रमित युवकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ, भने बाँकी सुन्दरपुरकै क्वारेन्टाईनमा राखिएको जनाएको छ ।

संक्रमित सहित ११जनालाई पक्राउ गरेर क्वारेन्टाईन पु¥याउने सशस्त्र प्रहरी सहित १७ जनाको स्वाब लिईएको छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरीका गणपति बीर सिह शाहुले संक्रमित युवक सहित ११ जनालाई ब्रम्हदेबबाट पक्राउ गरेर बेदकोट नगरपालिका ९ सुन्दरपुरको क्वारेन्टाईनमा लैजाने सशस्त्र प्रहरीका १३ जना र वेङगका चालक, सह चालक र मालिक गरि १७ जनाको स्वाब लिएको बताए ।

‘लकडाउन तोडेर नेपाल प्रवेस गरेका व्यक्तिलाई पक्राउ गरेर सिधै क्वारेन्टाईनमा लग्ने हाम्रा १३जना सशस्त्र प्रहरी जवान र तिनीहरुलाई बोक्ने सवारी साधनका तीनजनाको स्वाब लिईएको छ ।’ आईतबार महाकाली अस्पतालबाट १७ जनाको स्वाब लिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक शाहुले ६ जना बिओपी ब्रम्हेदब र ८ जना गड्डाचौकी सशस्त्र प्रहरी राजस्व सुरक्षा गुल्मका जवानको स्वाब लिएर उनीहरुले सशस्त्र प्रहरीकै ब्रम्हदेब र गड्डाचौकी क्वारेन्टाईनमा राखिएको बताए । चालक, मालिक र सह चालकलाई भने भीमदत्त नगरपालिकाको बैजनाथ विद्यालयको क्वारेन्टाईमा राखिएको छ ।

चालक बस्ने घरपरिवारका सदस्यको समेत स्वाब लिने तयारी भईरहेको छ । यता नेपाल प्रहरीले संक्रमित युवक सहित ११ जनालाई टुप मार्फत नेपाल तराउनेको खोजिकार्य जारी राखेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र प्रशाद अधिकारीले टुप मार्फत नेपाल तराउने व्यक्तिको खोजिकार्य भईरहेको बताए ।

‘टुपवालाहरुलाई हामीहरु खोज्दै छौँ, ‘प्रहरी प्रवक्ता अधिकारीले भने, ‘चाँडै नियन्त्रणमा लिएर उनीहरुको पनि स्वाथ्य परीक्षण गराउँछौँ ।’ ब्रम्हदेब क्षेत्रमा रहेका ८ नेपाल प्रहरीका जवानलाई समेत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले संक्रमित पक्राउ गरेको दिनको अवस्था बारे जानकारी दिदै उनीहरुले समाजिक दुरी कायम गर्दै काम गरेको जनाएपनि प्रहरीले भने उनीहरुलाई छुट्टै सुरक्षित बस्न प्रबन्ध गरेको छ ।

लकडाउन तोड्दै नेपाल प्रवेस गरेका ति संक्रमित सहितलाई सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेर सिधै क्वारेन्टाईन पु¥याएपछि थप संक्रमण फैलिनबाट जोगिएको भन्दै स्थानीयले सशस्त्र प्रहरीको टीमलाई बधाई तथा आभार प्रकट गरेको छ ।

यसरी एक कोरना संक्रमितको चेन तोड्न सफल भएपछि भारतबाट महिनादिनको अवधिमा कञ्चनपुरको गड्डाचौकी सहितका नाकाबाट ७५हजार भन्दा बढि भित्र्रिएका छन् । यसतर्फ समेत सरकारले ध्यान दिदै कोरना संक्रमितको चैन तोड्नुपर्ने सुझाव आएको छ ।

आगामी दिनमा समेत भारत वा तेस्रो मुलुकबाट आउने नेपालीलाई अनिवार्य क्वारेन्टाईन गरेर प्रवेस गर्न दिनुपर्नेमा सुझाव अघि सारिएको छ ।(बेलडाँडी पोष्टबाट)

भर्खरै

सम्बन्धित खबर

Language »