सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके र बर्दियाका स्थानीय तहलाई बाँके युनेस्को क्लबद्धारा १८ सय मास्क वितरण


नेपालगन्ज, बाँके जिल्लामा कोरोनाको भाइरसको संक्रमण फैलिन नदिन विभिन्न प्रकारका सचेतनामूलक अभियानहरु सञ्चालन भैरहेकै बेला बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विभिन्न स्थानीय तहहरुमा १८ सय मास्क वितरण गरेको छ ।


कोरोनाबाट जोगिनका लागि मास्क अनिवार्य रहेको र सो मास्क पनि सबैले पाउन नसक्ने अवस्था देखिएकोले बाँके र बर्दियाका विभिन्न स्थानीय तहहरुलाई १८ सय मास्क वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।


संरक्षक सिद्दिकीका अनुसार क्लबले बाँकेको डुडुवा गाउँपालिकालाई २०० पिस, नरैनापुर गाउँपालिकालाई २०० पिस, नेपालगन्ज उपमहानगरपालिकालाई २०० पिस, कोहलपुर नगरपालिकालाई २०० पिस र खजुरा गाउँपालिकालाई ३०० पिस मास्क वितरण गरिएको छ ।


यसैगरि बर्दियाको ठाकुरबाबा नगरपालिकालाई ३०० पिस, बारबर्दिया नगरपालिकालाई २०० पिस र बढैयाताल गाउँपालिकालाई २०० पिस मास्क वितरण गरिएको छ ।


दुबै जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाहरुलाई पनि माग गरिएपछि मास्क वितरण गरिने योजना रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।


यसअघि लकडाउन शुरु हुनुभन्दा पहिले क्लबले आफ्ना सबै कर्मचारीलाई कोरोना भारइरसका बारेमा बिस्तृत जानकारी दिएर सो भाइरसबाट जोगिनका लागि गर्नु पर्ने उपायहरुका बारेमा सचेतना अभियान चलाएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।


उहाँले बाँके र बर्दिया दुबै जिल्लामा रहेका क्लबका कर्मचारीहरुले अहिले पनि आ आफ्नो स्थानबाट लककडाउन पालना गराउन तथा कोरोनाका बारेमा सचेतना फैलाउने कार्य गरिरहेको बताउनु भयो ।


क्लबले हालको अवस्थामा स्थानीय सरकारहरुमार्फत निर्देशन गरिएका विभिन्न कार्यलाई सफल पार्न पूर्ण रुपमा सहयोग गरिरहेको क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनु भयो ।
क्लबले बाँके र बर्दियामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »