सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईद्धारा सयौंलाई राहात वितरण, सहयोग सधैँ जारी रहने जानकारी

नेपालगन्ज, पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद इश्तियाक राईले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरु र रोजगार बन्द भएर घरमै बसेकाहरुले भोकभोकै अवस्थामा बस्नु नपरोस भन्ने उदेश्यले आफ्नो निजि तर्फबाट राहात वितरण गरिरहनु भएको छ ।


उहाँले सो कुराको जानकारी आफ्नो फेसबुक पेजमार्फत मंगलवार गराउँदै राहात वितरण एक दुई दिनको कार्य नभई आवश्यकता अनुसार यो कार्य सधैं जारी रहने बताउनु भएको छ ।


लकडाउनका कारण यस्तो अवस्था आउन सक्ने संकेत गर्दै पुर्व शहरी विकास मन्त्री राईले चैत १४ गते नै एक विज्ञप्ती प्रकाशित गरेर आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई त्यस्ता अति विपन्न र खाद्यान्न समस्या भएकाहरुको लगत संकलन गर्न निर्देशन दिनुभएको थियो ।


सोही निर्देशन बमोजिम संकलन गरिएका नाम तथा अन्य आवश्यक परेका सबैलाई निरन्तर राहात वितरण गरिरहेको उहाँले मंगलवार जनाउनु भयो ।

पार्टीका नेता कार्यकर्ता तथा अन्य शुभचिन्तकहरुले ज्याननै जोखिममा राखेर गरिब विपन्न तथा असहायहरुको लगत संकलन गरेर राहात पुरयाउँदै आउनु भएकोमा उहाँहरुलाई ह्रदयदेखि धन्यवाद पनि दिनु भएको छ ।

जिल्लाका विभिन्न नेता कार्यकर्ताहरुले पनि आफ्नो व्यक्तिगततर्फबाट पनि राहात वितरण गरेको र नपुगेको आफूबाट लिएर गै वितरण गरिरहेको उहाँले जनाउनु भएको छ ।


हालसम्म उहाँले सयौं जनालाई राहात वितरण गरि सक्नु भएको छ । तर राहात दिंदा कसैको पनि तस्विर लिन र भिडियो बनाउन नपाइने उहाँले कडा निर्देशन जारी गर्नु भएको छ ।


उहाँले अगाडी भन्नु भएको छ, लकडाउन शुर भएदेखी नै हाम्रो व्यक्तिगत सहयोग निरन्तर जारी छ र यो कुनै एक दुई दिनको कार्यक्रम होइन । यो आवश्यकता अनुसार सधैं जारी रहनेछ र राहत पाउने व्यक्तिको फोटो खिच्न सख्त मनाही गरिएको छ ।


यसअघि उहाँले नेपालगन्जमा सयौं मास्क वितरण गर्नुका साथै नगरभरिलाई सेनेटाइज समेत गर्नु भएको थियो भने विभिन्न अस्पताल र सुरक्षा निकायलाई सेनेटाइज गर्ने हाते मेसिन पनि उपलब्ध गराउनु भएको थियो ।


सोही प्रकारले पुर्व शहरी विकास मन्त्री राईले चिकित्सकहरुको सुझाव र माग बमोजिम अस्पतालहरुलाई पीपीई र एरोसोल बक्स तथा एम्बुलेन्स चालकहरुलाई पीपीई सेट वितरण गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »