सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैलालीमा एक वडाध्यक्ष हतियार तस्करीमा, गाडीमा भेटियो नगद र हतियार

शीतल भट्ट
कञ्चनपुर, कोरोना भाइरसको कारण आक्रान्त बनेको सुदूरपश्चिम प्रदेशमा कैलालीका एक जनप्रतिनिधि हतियार तस्करीमा लागेको भेटिएको छ ।

मंगलबार राति कैलाली(कञ्चनपुरको सीमा क्षेत्र गुलरियाबाट गोदावरी नगरपालिका वडा नं १० का वडाध्यक्ष रविन्द्र शाही भनिने गुड्डु शाही चढेको गाडीबाट हतियार भेटिएपछि सशस्त्र प्रहरीको टोलीले गाडीसहित हतियार नियन्त्रणमा लिएको हो ।

गुलरिया क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको टोलीले लकडाउनको समयमा भारतीय नं। डिएल ३ सिसि आर ३९९७ नं।को गाडी आउदै गरेको देखेपछि शंका लागेर सोधपुछ गर्दा चालक वडाध्यक्ष शाही फरार भएका थिए ।

सशस्त्र प्रहरी बल ३५ नं। गण झलारी कञ्चनपुरका गणपति वीर सिंह शाहुले चालक फरार भएपछि चेकजाँचको क्रममा गाडी भित्रबाट २ थान बन्दुक २१० गोली फेला परेको बताए । गणपति शाहुका अनुसार गाडीभित्र ८२ हजार रुपैयाँ नगद र ६ बैंकका एटिएम कार्डको साथमा नेपाली कांग्रेसको परिचय पत्र समेत बरामद भएको बताए ।

लकडाउनको मौका छोपी जिम्मेवार पदमा बसेका प्रतिपक्षी कांग्रेसका नेता हतियार तस्करी गर्दा सशस्त्रको पञ्जामा परेपछि यो घटना बाहिरिएको हो ।

केही महिना पहिले धनगढीमा जुवा खालबाट पक्राउ परेर धरौटीमा रिहा भएका कांग्रेसी वडाध्यक्ष शाही अहिले हतियार तस्करीको घटनामा संलग्न भएको हुनसक्ने र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »