सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा गरिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएका हुन् ।

उनले तलब कट्टा नगरिएको भन्दै उच्च मनोबलका साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। ‘चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीहरुको ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय गरेको थियो’, प्रवक्ता देवकोटाले भने, ‘स्वास्थ्य मन्त्रालयबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका तलब कट्टी गर्ने निर्देशन जारी गरिएको छैन। र, हालसम्म कट्टी गरिएको पनि छैन। त्यसैले सबैले उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ।’

कोभिड १९ महामारीविरुद्ध फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको तलब कट्टा गरेर कोषमा राख्‍ने सरकारको निर्णयपछि सामाजिक सञ्‍जालदेखि सर्वत्र आलोचना भइरहेको छ। प्रवक्ता देवकोटाले नेपालमा ९ जनाबाहेक संक्रमितको संख्या पनि नबढेको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »