सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहाडी क्षेत्रमा मौसम बदली, साँझ पानी पर्ने

काठमाडौं । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ ।

विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ ।

स्थानीय वायुको प्रभावले मौसम बदली भएको र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने मौसमविद राजु प्रधानांगले जानकारी दिए ।

‘लगभग नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ, साँझपख सामान्य वर्षा हुन्छ’ उनले भने ‘यो बदली धेरै समय पनि रहँदैन ।’

भर्खरै

सम्बन्धित खबर

Language »