सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सहयोगीदाताहरुको लागि राष्ट्रिय गानले सम्मान गर्न हार्दिक अपील


नेपालगञ्ज, माता बागेश्वरी सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेसिले आज बेलुका राष्ट्रिय गान र दुइ मिनेट घण्टी बजाउन सबैलाई अपिल गरेका छन् ।

बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ को सन्त्रासले सबै को मन डरले हल्लाइरहेको छ ।
भनिन्छ नि मान्छेको मनमा डर उत्पन्न भएपछी अनेक उपाय आउछ डरबाट जोगिन । अहिले यो कोरोनाको त्रासले कहिले जमिन खन्ने कहिले कालोटिका लगाउने कहिले शान्ती र स्वास्थको कामना गर्ने भनेर पुजा आजा गर्दै अनेक तरिका अपनाइदै आएको छ ।

यसै गरि अहिलेको अवस्थामा सबैलाई अरुको भन्दा आफ्नो मात्र चिन्ता भएको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुरेसिले बताएका छन् ।


उनले सस्थाको चैत्र २७ गते बसेको बैठकको निर्णय अनुसार आफ्ना सम्पुर्ण ७ हजार ५ सय शेयर सदस्य ,साधारण सदस्य, कर्मचारी , र उपभोक्ता लगायत आम नगरबासिलाई कोरोना उपचारार्थमा खटिएका सुरक्षाकर्मी, स्वास्थकर्मि सन्चारकर्मिको सम्मान र आम नेपालीहरुको स्वास्थ लाभको कामना गर्दै आज बेलुका ७ बजे सामाजिक दुरि कायम गरि आ(आफ्नो घरको झ्याल ढोकाबाट राष्ट्रिय गान गाई २ मिनट सबैलाई ताली बजाउन अपिल गरेका छन् ।


उनले यस महामारी बाट बच्नको लागी आफ्ना सम्पुर्ण शेयर सदस्य, साधारण सदस्य कर्मचारि उपभोक्ता लगायत सम्पुर्ण नेपालीहरुलाई सरकारले लगाएको नियम पालना गरेर घर मै बस्न अनुरोध समेत गरेका छन् ।

कुरेसिले कोरोनाको डरसङ्गै बिदाई गर्न लागिएको २०७६ सालको अन्त्य सङ्गै किरोनाको पनि अन्त्य भइ नयाँ बर्ष २०७७ सालले सम्पुर्ण आम नेपाली नागरिकमा सुखशान्ती छाउने जिकिर समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »