सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्र ‘लैला मन्जु’ काे छायाङ्कन शुरू

काठमाडौं । नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले ‘लैला मन्जु’ नामक हिन्दी चलचित्र निर्माण गर्ने भएको छ ।

एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने चलचित्र ‘लैला मन्जु’ मा प्रेमराज प्रोड्क्सन र मुरलीवाले प्रोड्क्सनकाे सहकार्य रहेको छ ।

चलचित्रलाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गर्नेछन्। निर्देशक प्रेम राज सोनिले भारतीय सुपरस्टारको फिल्म निर्देशन गरिसकेका छन् । याे चिलचित्रकाे निर्माता अमित बस्नेत छन् भने कार्यकारी निर्माता अजित कुमार थापा,दिनेश गुप्ता हुन् । सह-निर्माताको रूपमा अङ्कित गौतम र अनिल थापा रहेका छन् ।

चलचित्रमा बलिउडका चर्चित कलाकार जिमि शेरग्रेल,महेश मान्ज्रेकर लगाएत रहेका छन् भने नायिकाको रुपमा मिस युनिभर्स ईन्डिया २०१८ नेहाल चुडासामा रहेको छ । चलचित्रको नायक छिटै सार्वजनिक गरिने कार्यकारी निर्माता अजित थापाले जानकारी दिएका छन् । यसको छायाकार अत्तर सिंह साइने रहेका छन् ।

चलचित्रको शुभ मुहर्त वासु भगनानेको प्रमुख आतिथ्यतामा भएको थियो । यसको छायांकन अङ्ग्रेजी नयाँ वर्षबाट प्रारम्भ भएको छ। यसको अधिकांस छायांकन बेलायतमा हुनेछ साथै नेपाल र भारतमा पनि गरिनेछ । यस चलचित्रको लगानी नेपाली फिल्म मेकरको लागि अहिलेसम्म कै ठुलो बजेट रहेको छ ।

नेपाली चलचित्र जगतमा एउटा छुट्टै पहिचान बनाउदै स्थापना भएको कम्पनी हो एबी इन्टरनेशनल यो कम्पनीले नेपाली चलचित्र ´पासवर्डर ´समालिन्छ कहिले मननामक चलचित्र निर्माण गरिसकेको छ। यो कम्पनीले बिगत लामो समय देखि बलिउड चलचित्रमा लगानी गर्दै आएको छ ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्र ‘लैला मन्जु’नेपाली बजारको लागि बिल्कुल फरक चलचित्र हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »