सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीरगंजमा अघोषित ‘कर्फ्यू’, आजदेखि ४ दिनसम्म औषधि पसलबाहेक सबै ठप हुने

वीरगंज । तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे । वीरगंजलाई सिलभन्दा पनि अधोषित ‘कफ्यु’नै गरिएकाे मेयर सरावगीकाे भनाई छ ।

महानगरपालिका भित्र औषधी पसलबाहेकका सबै थोक बन्द(शिल) गर्ने मेयर सरावगीले बताउनुभयाे । लकडाउनको समयमा खाेलिरहेका खाधान्न लगायतका पसलहरु अब बन्द हुने पनि उहाँले जानकारी दिनुभयाे । मेयर सरावगीले ४ दिनसम्म घरमा रहेको खाधान्न बाहेक महानगरपालि भित्रका नागरिकले हरियो साग सब्जी लिन समेत लिन बाहिर निस्कन नपाउँने बताउनुभयाे ।

यस्ता समयमा विपन्न तथा गरिव परिवालाई अतिनै आवश्यक परे जानकारीको आधारमा उनीहरूको घरमै खाधान्न महानगर पुर्याउने पनि उहाँले बताउनुभयाे । कोही कसैलाई औषधी लिनुपर्दा समेत प्रहरी प्रशासनसँग समन्वय गरी मात्र बाहिर निस्कन पाउने मेयर सरावगीले जानकारी दिनुभयाे ।

मेयर सरावगीले अन्तराष्ट्रिय नाका तथा निकै जोखिममा पर्ने वीरगंजमा एउटा छुट्टै कोभिड विशेष हस्पिटलको व्यवस्था हुनुपर्ने बताउनुभयाे । मेयर सरावगीले प्रदेशमा एउटा मात्रै कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन भएकाे र विकल्पमा अर्को मेसिलको व्यवस्था गरी वीरगंजमा राख्नुपर्ने माग पनि गर्नुभयाे ।

वीरगंजमा छुट्टै एउटा मेसिन हुनुपर्ने प्रदेश सरकारसँग माग गरे पनि अहिलेसम्म प्रदेश सरकारले उक्त मेसिनकाे व्यवस्था गरेकाेप्रति उहाँले आक्रोस व्यक्त व्यक्त गर्नुभयाे । ‘अहिले नारायणी हस्पिटमा ३ जना कोरोना संक्रमित फेला परिसकेका छन्, अब २ वा ३ जना अझै भए उनीहरुलाई कहाँ राख्ने ?’ मेयर सरावगीले प्रदेश सरकारलाई प्रश्न गर्नुभयाे ।

आइतबार वीरगंजको छपकैयामा ३ जनामा कोरोना पोजिटिभ भेटिएकाे थियाे । संक्रमित व्यक्तिहरुले ४ महिना अगाडि नेपाल आएको बताएपनि महानगरको अनुसन्धानको क्रममा १७ दिन अगाडी आएको खुलेको समेत उहाँले बताउनुभयाे ।

जमातीमा रहेको ८ सय ३५ व्यक्तिहरुमध्ये अरु पनि वीरुगंजमा काेराेना संक्रमित हुनसक्ने शंका रहेको बताउँदै खोजी कार्य तीव्र रहेको उहाँकाे भनाइ छ । वीरगंजमा १ सय १५ वटा मस्जिद र यतिम खाना रहेको मेयर सरावगीले बताउनुभयाे ।

प्रहरी र सेनाद्धारा अभियान नै चलाएर शंकास्पद व्यक्ति फेला पार्न लागिपरेको बताउँदै यसमा मुस्लिम अगुवाहरुलाई पनि सहयोग गर्न अपिल गर्नुभयाे । त्यसैगरी महानगरपालिकामा लकडाउनको क्रममा विभिन्न विपन्न तथा गरिब व्यक्तिहरुलाई राहत समेत बाडिएको मेयरले बताउनुभयाे ।

वीरगंजमा कोभिडको हस्पिटल नभएको र कोरोना शंकास्पद व्यक्तिहरुको चाप वीरगंजस्थित नारायणी अस्पताल बढेपछि ओपिडि समेत बन्द गरिएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताउनुभयाे ।

संक्रमित व्यक्तिहरुको पहिचान गत बिहिबार महानगरपालिकाका स्थानीय वडा अध्यक्षबाट जानकारी पाएपछि बिहिबार १० जना एउटा मस्जिदबाट र अर्को मस्जिदबाट १४ जना गरी २४ र अस्पतालमा भएका शंकास्पद व्यक्तिहरुको ३३ वटा स्वाब परिक्षण गरी गत शुक्रबार परिक्षण भएपछि ३ जना संक्रमित भेटिएकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »