सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनमा एकै दिन फेला परे १०८ कोरोना संक्रमित, २४ घण्टामा २ को ज्यान गयो

पछिल्लो केही दिनयता चीनमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । यसैबीच लामो समयपछि चीनमा एकै दिन एक सय ८ जना कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै, वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार २४ घण्टामा २ को ज्यान गएको छ । जानकारी अनुसार पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरु विदेशबाट फर्किएका चिनिया नागरिक भएको बताइएको छ । यो अन्य देशहरुको तुलनामा कम भएता चीनको पछिल्लो आँकडा अनुसार धेरै हो ।

हालसम्म चीनमा संक्रमितको संख्या ८२ हजार १ सय १६ पुगेको छ, भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ४१ पुगेको छ । जसमध्ये ७७ हजार ६ सय ६३ जना निको भइसकेका छन् । अहिले १ हजार १ सय ५६ वटा कोरोनाको केस एक्टिभ छन् । जसमध्ये पनि १ सय २१ वटा केस गम्भीर छन् ।

हालसम्म विश्वभर ज्यान गुमाउनेको १ लाख १४ हजार ३ सय ५८ पुगेको छ, भने संक्रमितको संख्या १८ लाख ५७ हजार ३ सय १० पुगेको छ ।

जसमध्ये, चार लाख २८ हजार ६ सय ९५ जना निको भइसकेका छन् । १३ लाख १४ हजार २ सय ५७ वटा कोरोनाको केस एक्टिभ छन्, भने ५ लाख ४३ हजार ०५३ वटा केसहरु बन्द भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »