सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह


नेपालगन्ज , महिला उद्यमी संघ नेपाल बाँकेको अध्यक्षमा रेवती सिंह निर्वाचित भएकी छन् । संघको बुधबार सम्पन्न ११ औं जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो । आगामी दुई वर्षे कार्यकालका लागि बुधबार समिति निर्विरोध निर्वाचित गरिएको थियो ।

सिंह यसअघि संघ बाँकेको प्रथम उपाध्यक्ष थिइन् । समितिको प्रथम उपाध्यक्षमा आभा गौतम, द्धितिय उपाध्यक्ष सुनिता पाण्डे र तृर्तियमा उपाध्यक्षमा सरिता शाक्य तथा महासचिवमा विन्दु चर्तिमगर, सचिव सुष्मा सुवेदी र कोषाध्यक्षमा कुसुम दुगड निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा सुष्मा ज्ञावली, शशी स्वाँर, सरिता चौधरी, शोभा दमारी श्रेष्ठ, गिता मौर्य, रेखा बोथरा, धनमाया लुइँटेल (ऋचा), सरस्वती थापा, बसन्ता शर्मा र सिमिता राणा निर्वाचित भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »