सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव घिमिरेलाई नियुक्त गरेको हो।

‘अर्को व्यवस्था नभएसम्म कार्यकारी अधिकारसहित’ घिमिरेलाई नियुक्त गरिएको मन्त्रिपरिषद स्रोतले बतायो । उनको पदावधिबारे भने खुलेको छैन।

घिमिरे अघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको संचालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै महाप्रवन्धक सुगतरत्न कंसाकार भन्दा एक तहमाथि झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेका थिए।

घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए। उनले पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालयमा सचिव भएर काम गरेका थिए । घिमिरेले पछिल्लो समय पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका थिए ।

पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएर आएपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »