सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ,’ डा. देवकोटाले भने, ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन ।’

जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले उल्लेख गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »