सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल आडिटर्स एशोसिएशन (अडान) का केन्द्रिय सदस्य राईद्वारा १ सय ६० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण


नेपालगन्ज,नेपाल आडिटर्स एशोसिएशन (अडान) का केन्द्रिय सदस्य मोहम्मद जुबेर राईद्वारा १ सय ६० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।


बाँकेको जानकी गाउँपालिकाको साईगाउँ, खजुरागाउँपालिकाको खजुरा गाउँ, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेका १ सय ६० घर परिवार अत्ति विपन्न तथा गरीबहरुलाई राहत वितरण गर्नु भएको छ ।


राहत सामाग्रीमा १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ किलो चिनी, आधा लिटर तेल लगायतका सामानहरु उहाँले वितरण गर्नु भएको छ ।

उहाँले भन्नु भयो जुन ठाउँको भएपनि कसैले भोक भोकै नरहून स्थानीय पालिकाले राहत सामाग्री वितरण गर्नमा कही छुटेको छ भने यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव राहत दिन तयार रहेको केन्द्रिय सदस्य राई बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »