सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आर्थिक अभाव भई उपचारमा समस्या भए पछि जीवन रक्षाको अपिल

काठमाडौं । दुवै मृगौला फेल भएर हाल नेपाल प्रहरी अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नम्बर २ गोरखा स्थायी ठेगाना भएकी गङ्गा कुमारी थापाको आर्थिक अभावमा उपचारमा समस्या भए पछि जीवन रक्षाको लागि अपिल गरिएको छ ।
एकल महिला,कमजोर आर्थिक अवस्थाभएकी थापालाई उपचार गर्न समस्या भइरहेको खबर पाएपछि सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले बिरामीको आफन्त शोभा देवकोटा थापा मार्फत भेटेर उहाँको स्वास्थ्य अवस्था ,उपचार अवस्था लगायतको विषयमा जानकारी लिदै व्यक्तिगत रुपमा रु ५०००÷ उपचारको लागि सहयोग समेत गर्नु भएको छ ।
गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेतकै पहलमा थापाको जीवन रक्षाको लागि आर्थिक संकलन गर्न बिरामीको छोरा समपर्ण थापाको बैक क्युआर सार्वजानिक गरिएको छ ।
बिरामीको छोरा समपर्ण थापाको सम्पर्क नम्बर ९८४३२८७४९२ मा सम्पर्क गरेर प्रत्यक्ष रुपमा भेटेर कुरा गरेर पनि सहयोग गर्न सकिने अभियन्ता तिलक बस्नेतले जानकारी गराउनु भएको छ ।
सेवा नै धर्म हो ,सबैले सकेको सहयोग गर्नुहुन अनुरोध गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »