सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोरखनाथका भक्तहरुद्वारा लकडाउनमा भोकाहरुलाई निशुल्क खाना वितरण।

काठमाडौं। वडा नं ५ – हाडिगाउँ, पन्चधारा स्थित गोरखनाथको मन्दिरका बस्नु हुने योगि विश्वनाथ बाबाको नेतृत्वमा काठमाडौंका विभिन्न ठाउँहरुमा निशुल्क खानाको व्यवस्था गरिएको छ।

कोरोना भाइरसको कारण मुलुक नै लकडाउन रहेको, यस समस्याको घडिमा अनाथ, असाहय, बिपन्नहरुलाई लक्षित गरि अहिले अभियानकर्ताहरुले गुहेश्वरी, पशुपति, वीर हस्पिटल अगाडि, टुडिखेल, बसपार्क, स्वयम्भू लगायतका स्थानहरुका साथै घुम्ती सेवा पनि उपलब्ध गराइ राखेका छन्।

करिब २५ जना भक्तहरु जुटेर स्वयं र दाताहरुबाट आएको सहयोगले उक्त कार्य गरिरहेको र अहिले वितरणको लागि ३ वटा गाडी भक्तहरुले सेवाको लागि उपलब्ध गराएको स्वयंसेवक सुरज श्रेष्ठ बताउनु हुन्छ।

यस अभियानलाई नेतृत्व गर्नु हुने योगि विश्वनाथ बाबा भन्नुहुन्छ “सडक, मठमन्दिर आदिमा रहेका भोकाहरु सम्म सरकार पुग्न नसकेको र दाताहरु पनि लकडाउनको कारणले ती भोकाहरु सम्म पुग्न नसकेको अवस्थामा यो अभियानले सरकार नपुगेको ठाउँमा दाताहरुको सहयोगमा सडक, मठमन्दिरका भोकाहरुलाई उनिहरु बसेकै ठाउँमा खाना खुवाउने काम गर्दै आएको छ। यसर्थ, योगि विश्वनाथ बाबाले यदि यो कार्य उचित ठानिएमा सम्बन्धित निकाय र दाताहरुलाई सहयोग गर्न अपिल गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »