सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्व शौचालय दिवसको अवसरमा रोटरी एक्सन ग्रुप द्वारा प्रहरी चौकी धर्मस्थलीमा शौचालय हस्तान्तरण

काठमाडौं । काठमाडौंमा सकृय रि डिस्ट्रिक ३२९२ अन्तर्गत रहेका १४ वटा रोटरी क्लबहरुको एक्सन टिमको सकृयतामा प्रहरी चौकी धर्मस्थलीमा शौचालय निर्माणगरि आज विश्व शौचालय दिवसको अवसरमा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।


रोटरी क्लब गोंगबुका अध्यक्ष एवम् रोटरी एक्सन टिमका संयोजक राजाराम फुयालको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।


कार्यक्रममा प्रहरी वृत बालाजुका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्ट, तारकेश्वर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य रामचन्द्र घिमिरेको आतिथ्य रहेको थियो भने रोटरीयनहरु र स्थानीय तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।


गत भाद्र २३ र २४ को जेन्जी आन्दोलनका कारण देशै भरका प्रहरी चौकीमा क्षति पुगे पछि स्थानीयहरु तथा बिभिन्न संघ संस्थाको सकृयतामा प्रहरी चौकी पुननिर्माण तथा पुर्नस्थापना हुने कार्य भई रहेको छ ।


प्रहरी चौकी धर्मस्थलीमा शौचालय निर्माणकार्यको फिल्ड ईन्चार्जको रुपमा रोटरियन खेम प्रसाद पराजुलीले बिशेष भुमिका निभएको भन्दै एक्सन टिमका संयोजक राजाराम फुयालले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण रोटरियन अनुज श्रेष्ठले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »