सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्याङजामा लकडाउनका बेला जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको हात भाँच्चियो

स्याङजा। स्याङ्जाका निर्वाचित जनप्रतिनिधिबीच कुटाकुटा भएको छ । कुटाकुट हुँदा वडा अध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ । गल्याङ नगरपालिका ८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र वालिङ नगरपालिका १० का अध्यक्ष अनन्तराज गैह्रैबीच कुटपिट भएको बताइएको छ ।

कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका उपप्रमुख बगालेलाई अध्यक्ष गैह्रेले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएपछि कुटाकुट भएको हो।

बुधबार साँझ ८ बजे कुटाकुटा हुँदा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको हाल पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीकोमा अध्यक्ष गैह्रेकोतर्फको उजुरी परेको छ ।

घटनामा संलग्न भनिएका उप-प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित हुन् । उनीहरु साविक नेकपा एमालेका उम्मेदवार थिए । वडा सदस्यमा निर्वाचित बगाले जिल्ला समन्वय समिति स्याङजाको उप-प्रमुखमा निर्वाचित भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »