सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागरिक दैनिकमा प्रकाशित समाचार एकतर्फी र भ्रामक भएको भन्दै विभिन्न संघ संस्थाको संयुक्त प्रेस वक्तव्य

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालिएको भनि नागरिक दैनिकमा प्रकाशित विवादित समाचार प्रती खेद प्रकट गर्दै उपत्यकाका विभिन्न संघ संस्थाहरुले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गरेको छ।

बागलुङ जैमिनी नगरपालिकाकी देवी र उनका पति वैकुन्ठ शर्मा गत बुधबार एम्बुलेन्समा जाजरकोटबाट किर्तिपुर नगरपालिका -१०, त: ननि टोलमा रहेको बहिनीको डेरामा आएका थिए। घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी नौं महिना कि गर्भवती महिलालाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको भनी प्रकाशित भएको विवादित समाचारको उक्त संघ संस्थाहरुले सामुहिक रुपमा खण्डन गरेको हो।

वर्तमान समयमा राष्ट्रिय एकतालाई कायम राख्दै कोरोना विरुद्धको लडाइँमा एकजुट हुनपर्ने अवस्थामा एकतर्फी र भ्रमपुर्ण समाचार प्रकाशित भएकोमा खेद प्रकट गर्दै अविलम्ब सच्चाउन नागरिक दैनिकलाई वक्तव्य मार्फत अवगत गराइएको छ।

संस्थाहरु : १) उपत्यकाव्यापी सडक बिस्तार पिडित संघर्ष समिति २) उपत्यका सरोकार मञ्च ३) नेपाल राष्ट्रिय परिषद ४) सेभ नेपा: भ्याली ५) हलि नेवा: गुठी ६) नेवा: राजनितिक अभियान ७) राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिती ८) समाजवादी नेवा: संघ ९) जनसरोकार समिति – खोकना १०) जनसरोकार समिति – बुङमति ११) काभ्रे निजी, गुठी तथा सार्वजनिक जग्गा संरक्षण समिति


भर्खरै

सम्बन्धित खबर

Language »