सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे खानीखाेलामा ढिस्काेले पुरिएर एककाे मृत्यु र तीन घाइते

काभ्रे । खानीखोला गाउँपालिका -४ पत्थरचोकमा माटो खन्न गएका धान ब. गोलेकी छोरीहरु अरिना गोले,सनिना गोले,सनिसा गोले र अनिसा गोले माटोको ढिस्को खसेर घाइते भएका छन् ।

उक्त घाइतेहरुको अहिले ताल्ढुङ्ग हेल्थ पोष्टमा उपचार भइरहेको छ र गम्भीर घाइतेहरुको थप उपचारको लागि पूर्व संचार तथा सुचना प्रविधि मन्त्री माननीय गोकुल बास्कोटा, माननीय गंगा ब.तामाङ(बमध्वज) र गा.पा. अध्यक्ष कृष्ण खुलालकाे पहलमा हेलिकप्टर मार्फत उद्धार गरेकाे नेकपा काभ्रेका युवा नेता दैवलाल घिसिङले जानकारी दिनु भएकाे छ ।


यसैगरी प्राप्त जानकारी अनुसार ताल्ढुङ्ग हेल्थ पोष्टमा उपचारकाे क्रममा २४ वर्षी एरिना घाेलेकाे मृत्यु भएकाे जानकारी प्राप्त भएकाे छ भने अनिसा गाेले वर्ष ९ काे अवस्था सामान्य नै रहेकाे र सनिना र सनिसा घाेलेकाे अवस्था चिन्ता जनक रहेकाे नर बहादुर थिङले सारा खबरलाई टेलिफाेन संवादकाे क्रममा बताउनु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »