सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बूढानीलकण्ठमा भएको कार दुर्घटनामा नायिका परमिता राणा भएको खुलासा

काठमाडौं । गत मंसिर अन्तिम साता बूढानीलकण्ठमा दुर्घटना भएको कारमा नायिक परमिता राणा पनि सवार रहेको खुलेको छ । राणाले घटनाको तीन सातापछि फेसबुकमा स्टाटस लेख्दै कारमा आफू पनि रहेको स्वीकारेकी हुन् ।

यसअघि २८ मंसिरमा बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक २१ वर्षीय पृथ्वी मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकोटाको मृत्यु भएको थियो ।

कारमा मल्लसहित करिश मास्के, एलिना थापासहित अर्की एक जना युवती रहेको बताइएको थियो । ती युवती नायिका राणा रहेको चर्चा भए पनि प्रहरीले पुष्टि गरेको थिएन ।

उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छन्, ‘चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ । म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस्, तर म पनि कारभित्रको एक यात्रु थिएँ ।’

उनले यो बताउन ढिलाइ गरेकोमा पनि माफी माग्दै भनेकी छन्, ‘मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले धरै आघात पुर्‍याएको छ । यो घटनाले मेरो जीवन नै पूर्णतः परिवर्तन गरिदिएको छ ।’

उनले सर्वसाधारणको भावना र पीडित परिवारकै पक्षमा आफू पनि उभिएको बताउँदै आफ्नो बुबाको निधन भएको पुरानो घटना पनि स्मरण गरेकी छन्

भर्खरै

सम्बन्धित खबर

Language »