सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जका कर्मचारीले गरे आठ लाखको सहयोग

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारीहरुले आप्mनो पारिश्रमिक कोषमा सहयोग गरेका छन् ।

कोरोना सङ्क्रमण विरुद्ध स्थापित प्रकोप व्यवस्थापन कोषमा कर्मचारीहरुले ३ देखि ७ दिनसम्मको पारीश्रमिक सहयोग गरेका हुन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालका अनुसार, उपमहानगरपालिकामा कार्यरत सहसचिव र उपसचिव तहका कर्मचारीले ७ दिन, अधिकृत तहका कर्मचारीले ५ दिन र अधिकृत भन्दा मुनीका कर्मचारीले ३ दिनको पारिश्रमिक सहयोग गरेका छन् ।

उप–महानगरपालिकाले स्थापना गरेको कोषमा कर्मचारीले पारिश्रमिक सात लाख ७० हजार रुपिया जम्मा भएको छ ।

कोषमा जम्मा गर्नका लागि शुक्रबार डिके फुड एण्ड मिट प्रोडक्टका सञ्चालक दिलिपकुमार सोनकरले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणालाई ५१ हजार रुपियाको चेक हस्तान्तरण गर्नुभयो ।

कोषमा हालसम्म राप्ती गणेश कन्स्ट्रक्सनले एक लाख एक हजार, विजय मेटल इण्डष्ट्रिजले ५१ हजार, चम्पालाल बोथ्रा र प्रदिप छाछेडले ५१ हजार र बागेश्वरी असल शासन क्लवले १० हजार रुपिया सहयोग गरेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाले कोषमा ३५ लाख रुपिया जम्मा गरेको छ ।

कोषमा विभिन्न सङ्घ संस्था र ब्यक्तिहरुले खाद्यान्न सहयोग समेत गरेको बरिष्ठ आलेप अधिकृत अर्यालले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »