सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर ज्यान गुमाउनेको संख्या १५०,६०३ पुग्यो, २२ लाख २७ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ट सय ०३ पुगेको छ । वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख २७ हजार ३८ पुगिसकेको छ, भने ५ लाख ६३ हजार ६ सय ९६ निको भइसकेका छन् ।

यसैबीच, ७ लाख १४ हजार २९९ वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने १५ लाख १२ हजार ७ सय ३९ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ३५ हजार ४ सय ८१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ६ लाख ८५ हजार ५ पुगेको छ । जसमध्ये ५८ हजार १ सय ६० जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २२ हजार ७ सय ४५ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ । यसैबीच निको हुनेको संख्या ४२ हजार ७ सय २७ पुगेको छ ।

स्पेनमा पनि कोरोना संक्रमणका कारण १९ हजार ४ सय ७८ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ८८ हजार ६८ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ७४ हजार ७ सय ९२० पुगेको छ ।

फ्रान्समा १ लाख ६७ हजार २७ जना कुल सङ्क्रमित भएका छन् भने, १७ हजार ९ सय ६७ को ज्यान गएको छ । यसैबीच ३२ हजार ८१२ निको भएर फर्किएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या १४ हजार ५ सय ७६ पुगेको छ । त्यस्तै १ लाख ८ हजार ६ सय ९२ जना संक्रमित छन् ।

त्यस्तै, चीनमा ४ हजार ६ सय ३२ को ज्यान गएको छ, भने संक्रमितको संख्या ८२ हजार ६ सय ९२ पुगेको छ । जसमध्ये ७७ हजार ९ सय ४४ निको भइसकेका छन् । अहिले चीनमा १ सय १६ वटा मात्रै कोरोनाका केसहरु एक्टिभ छन् ।

इरानमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ९ सय ५८ पुगेको छ । ७९ हजार ४ सय ९४ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ५४ हजार ६४ निको भइसकेका छन् ।

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ५ हजार १ सय ६३ पुगेको छ, भने संक्रमितको संख्या ३६ हजार १ सय ३८ पुगेको छ, भने ७ सजार ९ सय ६१ निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ४ हजार १ सय ९३ पुगेको छ । १ लाख ३८ हजार ४ सय ५६ संक्रमितको संख्या पुगेको छ, यसैबीच ८१ हजार ८ सय निको भइसकेका छन् । टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै नेपालमा पनि कोरोना संक्रमितको संख्या ३० पुगेको छ । हालसम्म १ जना निको भइसकेका छन्, भने बाँकी २९ जना उपचाररत छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »