सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सशस्त्र प्रहरीलाई विओपीमा टर्च र छाता सहयोग

नरैनापुर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्र रहेका सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट विओपी मा टर्च लाइट र छाता सहयोग गर्नुभएको छ ।

वडा नम्बर १ कट्कुइँया, वडा नम्बर ४ नरैनापुर र वडा नम्बर ६ गंगापुरमा रहेका विओपीहरुमा आफ्नै व्यक्तिगत खर्चमा १५ वटा टर्च र ९ वटा छाता प्रदान गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

शाहका अनुसार कट्कुइँया विओपीमा ५ वटा टर्च र ५ वटा छाता, नरैनापुर विओपीमा ५ वटा टर्च र २ वटा छाता तथा गंगापुर विओपीमा ५ वटा टर्च र २ वटा छाता दिइएको छ । त्यस्तै कट्कुइँयामा पानीका लागि १० वटा ग्यालिन, नरैनापुरमा ३ र गंगापुरमा ४ वटा प्रदान गरिएको छ ।

जनपथ प्रहरीलाई पनि ५ वटा टर्च दिइएको अध्यक्ष शाहले बताउनुभयो । ‘सीमा सुरक्षार्थ र लकडाउनका बेला नाकाबाट हुन सक्ने प्रवेशलाई रोक्न रातदिन खट्नुभएका प्रहरीहरुको सहजताका लागि यीनरैनापुरका अध्यक्ष शाहद्वारा सशस्त्रको विओपीमा टर्च र छाता सहयोग सामग्रीहरु दिएको हुँ, अध्यक्ष शाहले भन्नुभयो–‘यसले उहाँहरुलाई धेरै सजिलो हुन्छ भन्ने विश्वास छ, दिउँसो घामबाट बच्न छाता र रातिको समयमा वरपरको बस्तुस्थिति निगरानी गर्न टर्च लाइटले सहयोग पुग्नेछ ।’ अध्यक्ष शाहले कोरोनाबाट बच्न गाउँपालिकाबासी सबैलाई लकडाउनको पालना गरी घरमै बस्न आह्वान गर्नुभएको छ ।

क्वारेन्टाइनबाट फर्केकाहरुलाई पनि घरमै सजकतापूर्वक केही दिन अझैं क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

दोस्रो चरणको राहतका लागि लगत लिने काम भइरहेको भन्दै उहाँले कसैलाई पनि अप्ठेरो पर्न नदिन आफू सजग रहेको बताउनुभयो ।

अब केही दिनमै दोस्रो चरणको राहत वितरण गरिने उहाँले जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाले यसअघि पहिलो चरणमा ६ वटा वडाका ७ सय २० परिवारलाई राहत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »