सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल शिव सेना बाँके र नेपाल मानव धर्म भेरी नेपालगंज , बाँकेद्वारा विपन्न समुदायलाई सहयोग

नेपालगंज, नेपाल शिवसेना र नेपाल मानव धर्म भेरी नेपालगंज , बाँकेको संयुक्तमा कोहलपुर नगरपालिका(१४ हवलदारपुर क्वारेन्टाईनमा राखेका ६७ जना भारतीय नागरिकहरुलाई खाद्दान्न सामग्री बितरण गरेको छ ।

राहत बितरणमा सहयोगको लागि उमेश रौनियारले खाद्दान्न सामग्रीहरु नेपाल शिव सेना बाँके र नेपाल मानव धर्म सेवा समितिलाई हस्तांतरण गर्नु भएको थियो। लॉकडाउनमा फसेका व्यक्तिहरुलाई खाद्दान्न सामग्री चामल, दाल, आलू, लौका, बेसार, खुर्सनी, तेल र सोयाबिन हस्तान्तरण गरेको छ ।
कोरोना वायरसको कारणले धेरै असहाय र गरीवहरुले दुःख पाईरहेको छ। यस्तो महामारीको अवस्थामा पनि नेपाल शिवसेना र नेपाल मानव धर्मले पुण्यको काम गरेको छ।

वास्तवमा धार्मिक संस्थाहरुले मानव कल्याणको निमित्त गर्ने समय नै यही रहेको टि पी न्यौपानेले बताए । नेपाल शिव सेनाबाँकेका केन्द्रीय अध्यक्ष राजकुमार रौनियाले जानकारी दिनुभएको थियोे ।

नेपाल शिव सेना बाँके र नेपाल मानव धर्म सेवा समिति लॉकडाउन भरी राहत बितरण गर्न अहोरात्री सेवामा तल्लीन रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »