सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैलालीका संक्रमित युवा पनि कोरोना जितेर घर फर्किँदै

धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।

भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए । ‘उहाँको २४ घण्टाको अन्तरालमा परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आयो, आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ,’ उनले भने।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्कदैछन्।

यसअघि सेती प्रादेशिक अस्पतालमा पाँच जना संक्रमित बिरामीको उपचार भइरहेकोमा लम्कीचुहाका २१ वर्षीय युवालाई सञ्चो भए पनि अन्य चार जना बाँकी छन् । अन्य संक्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »