सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा राहत वितरण भद्रगोल


जावेद अन्सारी

नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा राहत वितरण भद्रगोल भएको छ । वडा कार्यालय राहत वितरणमा एक्लौटी गर्दा आइतवार पीडितहरुले प्रदर्शन गरेका छन् ।

यसअघि उक्त वडामा पीडितहरुले तालाबन्दी गरेका थिए । मानवियता विपरीत वडा कार्यालयले आफन्त र चिनेजानेका तथा पहुँचका आधारमा राहत वितरण गरेको पीडितहरुको भनाइ छ ।
राहत नपाएकाहरुले आइतवार वडा कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन् ।

वडा कार्यालयले पक्षपात गरेपछि आफुहरु बाध्य भएर लकडाउन समेत उल्लंघन गर्नुपरेको पीडितहरुले बताए ।

वडाभित्रका मदताताहरुलाई पहिलो चरणमा राहत वितरण गरेको वडाले आइतवारदेखि घरभाडामा बस्दै आएका नागरिकहरुलाई राहत वितरणको तयारी गरेको थियो ।
आफ्नै वडाका स्थानीयबासीलाई राहत नदिएको राहत नपाएकाहरुले बताए । राहत वितरणका लागि सुरुमा पीडितहरुले फारम भर्नुपर्छ ।

वडा कार्यालयले उक्त फोरमको फोटोकपी वाफत समेत रकम असुलेको पीडितहरुले बताए । वडाले फोटोकपी गरेवाफत रु १० लिने गरेको छ । फारममा नागरिकताको फोटो कपी र घरमुलीको फोटो कपी अनिवार्य गरिएको छ ।
बसपार्कमा घरभाडामा बस्दै आएकी जाजरकोटकी लक्ष्मी शाहीले रुदै भनिन्, यो विपद्मा पनि सरकारले अनावश्यक सास्ती दिएको छ । यो विपद्मा मानवियता हेर्नु पर्ने हो, मान्छे भोकभोकै मर्ने वेला भइसक्यो नागरिकता खोजेर हुन्छ रु घरजाउ यातायात चल्दैन, बसेको ठाउँमा स्थानीय सरकारले राहत दिंदै सरकारले हामीलाई भोकभोकै मार्न खोजेको हो, उनले प्रश्न गरिन् ।


राहत वितरणमा पारदर्शीता नखोजिँदा वडा नम्बर ४ मा दैनिकजस्तो लफडा भइरहेको छ । सरकारले लकडाउन घोषणा गरेको २७ दिन पुगिसक्दा समेत लकडाउन कार्यान्वयन गराउने जनप्रतिनिधि त्यसको उल्लंघन गर्दै राहत वितरणमा उद्धत हुँदा त्यसले कोरोनाको जोखिम समेत बढाएको स्थानीयहरुको आरोप छ ।


तर वडा कार्यालय भने राहत वितरणलाई प्रभावकारी र पारदर्शीरुपमा वितरण भइरहेको दावी गरेका छन् । उनले सामाजिक दूरी कायम राखेर वितरण भइरहेको दावी समेत गरे । यो महाविप्दीमा सबैको सहकार्य र समन्वयबाटै पीडितहरुलाई राहत उपलब्ध गराउन उनले आव्हान गरेका छन् ।

यो राजनीतिक गर्ने बेला होइन् उनले आफ्नो बचाउ गर्दै भने, एकपटक तपाई आफै काम गरेर हेर्नुस् राहत वितरण कति गाहे छ । चुनौतिकाबीच पनि आफुले सकेसम्म राहत वितरणलाई प्रभावकारी गराएको दावी गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »