सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना विरुद्ध समन्वय र सहकार्यताको प्रतिवद्धता


नेपालगञ्ज,कोरोेना ९कोभिड–१९० रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सम्वाद समूह बाँकेको पहलमा आज आइतबार सरोकार निकायबीचको अन्तरक्रियात्मक सम्वादमा सम्वद्ध सरोकार अधिकारीले सो कुरा व्यक्त गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा गरिएको सम्वादमा कोरोना नियन्त्रणका लागि गरिएको हालसम्मको पहल, सरोकारवालावीचको समन्वय र सहकार्य, स्वास्थ्य परिक्षण र थप प्रभावकारी सेवा प्रवाह, सहज र सुरक्षित बातावरण सिर्जनाका लागि गर्नु पर्ने आगामी तयारीका सवालमा व्यापक छलफल भएको थियो ।

सरोकार निकायबीच प्रभावकारी समन्वय र सम्वाद नहुँदा चुनौतीहरु थपीदै गएको गुनासो आएपछि विवाद र द्धन्द्ध न्यूनीकरणमा क्रियाशिल समूहले सम्वादको बातावरण बनाइदिएको हो ।

जनप्रतिनीधी, स्वास्थ्य विज्ञ, चिकीत्सक, सुरक्षा अधिकारी समेतको उपस्थितीमा भौतिक दुरी कायम राख्दै गरिएको अन्तर सम्वादमा सम्वाद समूहका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले निरन्तर सम्वादले थप स्पष्टता, सहकार्य र सहज बातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सहजीकरण गर्नु भयो ।

भेरी अष्पतालका प्रमुख कन्सल्टेण्ट डा राजन पाण्डेले चिकीत्सक र स्वास्थ्यकर्मीको पहलले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले सामुहिक सम्वेनशिलता र जिम्मेवारीको आवश्यक्तामा जोड दिनु भयो । कोरोना विशेषज्ञ एवं जिल्ला प्रवक्ता डा पाण्डेले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाइनु पर्नेमा जोड दिदै जिल्लामा १० हजार ¥यापीट कीट आवश्यक रहेको बताउनु भयो । भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले कोरोना परिक्षणको प्रक्रिया भेरी अष्पतालबाट शुरु भइसकेकाले अब केही सहज हुने भएपनि सचेतनालाई प्राथमिकतामा राख्न आहवान गर्नु भयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोनाको समग्र अवस्था र चुनौतीका बारेमा प्रकाश पार्नु भयो । शाहका अनुसार जिल्लाका १८ वटा क्वारेन्टाइन पोष्टमा सात सय ८२ जना अटाउन सक्ने भएपनि हाल चार सय ४१ जना रहनु भएको र चार सय ५ जनाको आरडिटी गरिएको छ । स्वास्थ्य परिक्षण, नियमित खोप लगायतका कार्यक्रमलाई अब सञ्चालन गर्नु पर्ने उहाँको सुझाव थियो ।
प्रदेश सांसद एवं सम्वाद समूह सदस्य कृष्णा केसी ९नमूना०ले जनप्रतिनीधीले सरकारका निकायलाई आवश्यक सहजीकरण गरिदिने हो भन्दै समन्वय र सम्वादलाई बढाइनुपर्ने महसुस गरेको बताउनु भयो ।
नगर प्रमुख डा धवल शम्शेर राणाले सरकारको कानून सबै ठाउँमा समान ढंगले अवलम्वन गरिनुपर्ने भन्दै स्थानीय प्रशासनप्रति गुनासो व्यक्त गर्नु भयो । क्वारेन्टाईमा बेसर परिक्षण गरिसकिएकालाई गन्तव्यमा पु¥याउन कहाँ कसले रोक्यो रु उहाँको गम्भिर प्रश्न पनि थियो । नगर प्रमुख राण्माले स्थानीय प्रहरी, प्रशासन र स्वास्थ्यसँगको समन्वयमै थप कार्यक्रमहरु बढाइने स्पष्ट पार्नु भयो ।

नगर उपप्रमुख उमा थापा मगरले स्थानीय सरकारले बलबुताले भ्याए सम्म कोशीश गरेपनि सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो । बाँकेका प्रहरी प्रमुख विर बहादुर वलीले स्वास्थ्यप्रति जनता सम्वेदनशिल मात्र हैन अटेरी भएपछि प्रहरीलाई थप चुनौती भएको बताउनु भयो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सीमावर्ती जिल्ला भएकाकारण अन्य जिल्लाको तुलनामा काम गर्न केही असहज भएपनि सबै पक्षबीचको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी बल, नेपाल न ३० गणका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाह, नेपाल औषधी व्यवसायी संघका अञ्चल अध्यक्ष अभय बस्नेत लगायतले आफना अनुभव र सुझाव राख्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »