सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कंचनपुरमा सशस्त्र प्रहरीले ब्राउन सुगर सहित दुइ जना लाई पक्राउ

केशब भट्ट,
कंचनपुर,
,कंचनपुरमा ब्राउन सुगर सहित दुइ जना युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ स्थित बैवाह राधाकृष्ण मन्दिर नजिक कैलालीको गोदावरी नगरपालिका १ अत्तरीया बस्ने बर्ष २२ का बिरेन्द्र चौधरी र सोहि ठाउँ बस्ने अन्दाजी बर्ष २५ का दिपक चौधरीलाई एक ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीर सिह शाहुले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट झिलमिला बाट खटिएको सशस्त्र प्रहरीको टोलीले लकडाउन उल्लंघन गरी कैलालीबाट कंचनपुर पुगेका युवकलार्ई चेकजाँच गर्ने क्रममा अन्दाजी १ ग्राम ब्राउन सुगर पाइएको सशस्त्र प्रहरी बल नेपाल वर्डर आउट पोष्ट झिलमिलाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र भण्डारीले बताउनुभयो ।

साथै उनिहरुले प्रयोग गरेको से ७ प ५३६६ नंम्बरको मोटरसाइकल समेत बरामद गरी दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »