सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा समाजवादी पार्टीका जिल्ला बाँकेका अध्यक्ष कमरुद्दीन राईको टोली राहात वितरणमा निरन्तर सक्रिय


नेपालगन्ज,लकडाउन निरन्तर लम्बिंदै गएको अवस्थामा पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईद्धारा प्रदान गरिएको खाद्यान्नलाई आवश्यकता परेका सर्वसाधारणको घरघरमा पुरयाउने कार्य निरन्तर जारी छ ।


दैनिक ज्यालादारी गरेर खाने मजदुर, साना व्यवसायी र केही मध्यमवर्गका सर्वसाधारणलाई समेत खाने कुराको समस्या नपरोस भन्ने उदेशयले पुर्व शहरी विकास मन्त्री राईले विना कुनै पुर्वाग्रह आवश्यकता परेका सबैलाई खाद्यान्न वितरण गर्दै आउनु भएको छ ।


लकडाउन शुरु भएको एकसातापछिनै उहाँले घरघरमा खाद्यान्न पुरयाउन शुरु गर्नु भएको कार्य अहिले पनि निरन्तर जारी नै रहेको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनु भयो ।


स्थानीय वासिन्दा, भाडामा बस्ने, विद्यार्थि र बाहिरबाट आएका अन्य समेत गरेर कोही पनि भोकै बस्नु नपरोस भन्ने उदेश्यले सामाजिक सन्जालमा फोन नम्बरनै सार्वजनिक गरेर आवश्यक परे राहात माग आहवान गरिएपछि दैनिक सयदेखि दुईसय जनाको फोन आईरहेको र उनिहरुलाई राहात पुरयाउने काम पनि भैरहेको जिल्ला अध्यक्ष राईले बताउनु भयो ।

उहाँले नेपालगन्जमा विभिन्न वडा कार्यालयहरुले राहात वितरण गरेपनि अधिकांश गरिब र विपन्नले नपाएको र धेरै ठाउँमा गुणस्तरहीन खाद्यान्न वितरण गरिएको गुनासो आएपछि बाध्य भएर वितरण गर्नु परेको बताउनु भयो ।


सोमवार बुलुकी ७ बजे त्रिभुवनचोक पश्चिमलाइनमा खाद्यान्न वितरण गरिरहनु भएको बेला भेटिनु भएका समाजवादी पार्टीका जिल्ला अध्यक्ष राईले विहान देखि बेलुकी अबेरसम्म नेपालगन्ज र सो वरिपरिका विपन्न, गरिब र असहायहरुको घरघरमा पुगेर आफैले खाद्यान्न पुरयाउने काम गरिरहेको बताउनु भयो ।

उहाँको साथमा समाजवादी पार्टीका जिल्ला बाँकेका उपाध्यक्ष राजन रानामगर पनि हुनुहुन्थ्यो । अहिले राहातका लागि धेरैले फोन गरेर सम्पर्क गरिरहेको उहाँले बताउनु भयो ।


नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा वडा कार्यालयहरुद्धारा राहात वितरण गरिएपनि भाडामा बस्ने, नेपालगन्ज बाहिरका मानिस र अन्य अधिकांशले राहात नपाएकोले पुर्व शहरी विकास मन्त्री राईले उपलब्ध गराएको खाद्यान्नलाई आवश्यकता परेकाहरुको घरघरमा पुरयाउने काममा अहिले आफुहरु खटिएको जिल्ला उपाध्यक्ष राना मगरले बताउनु भयो ।

पुर्व शहरी विकास मन्त्री राईको अपील अनुसार समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ता तथा अन्य शुभचिन्तकहरुले पनि आआफ्नो टोलमा रहेका अति विपन्नहरुको लिस्ट तयार पारेर जानकारी गराईरहेको र उनिहरुलाई राहात पुरयाउने कामममा समाजवादी पार्टीका जिल्ला बाँकेका अध्यक्ष कमरुद्दनि राई स्वयं खटिनु भएको छ ।

पुर्व शहरी विकास मन्त्री राईले खाद्यान्न अभाव भएका हरेकलाई खाद्यान्न वितरण गर्ने कार्य भैरहेको जनाउँदै आवश्यक परेकाले समाजवादी पार्टीका अध्यक्ष राईसंग सम्पर्क गरेर खाद्यान्न लिन फेरी आग्रह गर्नु भएको छ ।


नेपालगन्ज उपमहानगरपालिकाले तत्काल दोस्रो चरणको राहात वितरण कार्य शुरु गर्नु पर्ने माग अधिकांश नगरवासीको छ । (नेपालगन्ज एफएमबाट साभार )

भर्खरै

सम्बन्धित खबर

Language »