सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज मुस्लिम समाज बाँंकेका समाज सेवी अव्दुल जलील मंंसुरी (मुन्ना )ले भन्नुहुन्छ हुनेखानेले हुँदाखानेलाई मनै देखी सहयोग गरौं


नेपालगन्ज,कोरोना भाइरसका कारण एक महिना देखी देश पुर्ण रूपमा लकडाउन भएको छ । जसका कारण मजदुरी गर्ने र जिल्ला बाहिरबाट आएर भाडामा बस्ने विद्यार्थीहरुलाई बाच्न धौ धौ परिसकेको छ ।

त्यसैले आज नेपालगञ्ज मुस्लिम समाजले भाडामा बसेका दैनिकि मजदूरी गर्ने तथा अन्य जिल्ला बाट अध्ययन गर्नको लागी डेरामा बस्दै आएका विद्यार्थीहरुको घर र कोठा कोठामै पुगेर खाद्यान्न वितरण गरेको छ ।

राहत समाग्री नेपालगञ्ज मुस्लिम समाजसेवी अगुवा अव्दुल जलील मंंसुरी (मुन्ना ) र मेराज अहमद (हिमालय) को नेतृत्वमा बाढिएको हो ।

भाडामा बस्ने र दैनिकी मजदुरी गर्ने नेपालगंज उपमहानगरपालिका भित्र बस्ने व्यक्तिहरुको पटक पटक फोन आई रहेको र कोहिले आफ्नो घरको अवस्था एकदमै नाजुक भएको बिहान बेलुकाको चुल्हो सम्म नबलेको हुनाले चुल्हो बाल्नको लागी सहयोग गरिदिनुस छोराछोरीका हरू भोकै भनेर गुनासो गरेको ले घर मै गएर खाद्यान्न सहयोग गरेको मन्सुरिले बताए ।

स्थानीय तहले वितरण गरेको राहतको लाइनमा लाग्दा समेत राहत नपाएको र आफुलाई बिदेशी नागरिक सरह ब्यवाहर गरेको ले नेपालगञ्ज मुस्लिम समाज सङ्ग सहयोग मागेको एक राहत लिने व्यक्तिले बताए ।

उनले नेपालगञ्ज मुस्लिम समाजले आफुले फोन गर्ने बित्तिकै राहत बाड्न आएको बताए । नेपालगञ्ज मुस्लिम समाजले आज नेपालगन्ज बसपार्क पछाडी प्रगति टोल तथा बसपार्क बिधुत नजिकका ५० घरपरिवारलाई राहत वितरण गरेको हो ।


यो बेला भनेको हुनेखानेले हुँदाखानेलाई सहयोग गरेर कोरोना भाइरस विरुद्ध लड्ने बेला हो त्यसैले सबै हुने खानेले हुँदा खानेलाई र बिपन्न र अभावमा परेका परिवारलाई खोजी खोजी सहयोग गर्न नेपालगञ्ज मुस्लिम समाजका मन्सुरिले सबैलाई आग्रह समेत गरेका छन् । उनले यो बेला कसैलाई खाद्यान्नमा समस्या भए मुस्लिम समाज निरन्तर सहयोगको लागी जुट्ने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »