सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरमा राहतको विषयमा सामाजिक सञ्जालमा लेखेर बिरोध आरोपमा वार्ड अध्यक्षले कुटे स्थानीयलाई

जनकपुरधाम। बैशाख ८ गते राहत वितरणको क्रममा भएको विवादलाई लिएर भेदभाव भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा विरोध गरेपछि वार्ड अध्यक्ष स्वयंले युवाहरुलाई कुटपिट गरेका छन् ।

वार्ड नंबर ६ का अध्यक्ष राम प्रकाश यादव स्वयं र भतीज प्रवीण यादव, सञ्जीव यादव, रञ्जीत यादव, प्रदीप यादव र भाइ राम पुकार यादव मिलेर कुटपिट गरेको पीड़ित जितेन्द्र भन्ने अजय यादवले जानकारी दिए ।

राहतको विषयलाई लिएर आज छलफलका लागि विमर्श भइरहँदा वडाध्यक्षको भाइ रामपुकार यादवको घरमा लाठी, रड र मुक्काले हिर्काउन थाकेको पीड़ित घाइते रजनीश यादवले बताएका छन् ।

वार्ड अध्यक्षको कुटाइबाट मिथिला बिहारी नगरपालिका- ६ सिरसिया घर भएका २७ वर्षीय अजय यादव, २२ वर्षीय रजनीश यादव र ७० वर्षीय सूर्यनाथ यादव घाइते भएका छन् । टाउको, कान, घाँटी र नाकमा गम्भीर चोट लागेर घाइते भएका तीनै जनाको उपचार अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

कुटपिटमा संलग्न रहेका वार्ड अध्यक्ष लगायत व्यक्तिहरु अझै पक्राउ नपरेको पीड़ित परिवारले जनाएको छ । कुटपिटमा संलग्नहरुलाई तत्काल कानूनबमोजिम पक्राउ गरेर न्याय दिलाइदिन पीडित पक्षले आम सञ्चार माध्यमलाई अनुराेध गरेका छन् । यता घटनाको विषयमा आरोपित वार्ड अध्यक्षसँग टेलिफोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।

घटनाको विसयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको धनुषा प्रहरीले न्यूज २४ लाई जानकारी दिएकाे छ । धनुषा प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार कुटपिटमा संलग्नको खोजी जारी रहेको र घाइतेको अवस्था सामान्य रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »