सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गापाकाे ११ वटा बसले पुगेन, शुक्रबार १२ गतेकालागि पाँच वटा बसकाे व्यवस्था

काठमाडाैँ । तेमाल गाउँपालिकाकाे पहलमा करिब ७ सय देखि ८ सय जनाकाे हाराहरीमा लकडाउनकाे कारणले घर जान नपाएका तेमालका जनताकाे ११ वटा बसमा उद्धार गरेकाे छ ।

गाउँपालिका सरकारले साेचे भन्दा धेरै तेमालका जनताहरू तेमाल जान तयार भएपछि आज धेरै जना चाेक चाेकबाट घर फर्कनु परेकाे थियाे ।

तेमाल गाउँपालिकाकाे अध्यक्ष सलाम सिं तामाङसँग सारा खबरकाे पत्रकार मिलन लामा दाेङले विहिबार घर जान नपाएका जनताकाे सवालमा के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उहाँ यसाे भन्नुहुन्छ आज जाे जति जान पाएकाे छैन, चिन्ता नलिनुहाेस् । हामीले भाेलिका लागि पनि ५ वटा बसकाे व्यवस्था गरेकाे छ । अवश्य नै भाेलि उहाँहरू घर जान पाउनु हुनेछ ।

बिहिबार साँझ ११ वटा बसमा क्षमता भन्दा धेरै यात्रुहरू थिए ।

घर जान अात्तुर देखिएका तेमालका जनताहरू जस्ताे सुकै कठिनाइ सहेर पनि जान तयार देखिएकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »