सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ९० हजार नाघ्याे, संक्रमितकाे संख्या २७ लाख बढी

काठमाडौं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ८५ हजार जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार थियाे भने संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको थियाे ।

सङ्क्रमितमध्ये ७ लाख ४५ हजार ३४३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १७ लाख ८० हजार ५४६ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ६७८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ८ लाख ८० हजार २०४ पुगेको छ । तीमध्ये ८५ हजार ९२२ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ७ लाख ४४ हजार ४ सय बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजारकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५ हजार ५४९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९० हजार कोरोनाबाट संक्रमित भएका छन् । बिहीबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४६४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ हजार ५७६ बढी पूर्णरूपमा निको भइसकेका छन् ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख १३ हजार नाघिसकेकाे छ । स्पेनमा कोरोनाका कारण २२ हजार १५७ ले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ४४० जनाको मृत्यु भएकाे छ भने साढे ४ हजार नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ९८ हजार २ सयभन्दा बढी पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ एक लाख एक हजार बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की र इरान पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ५८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ ।

बिहीबार मात्रै फ्रन्समा ५१६ जनाको मृत्यु भएको छ भने साढे २ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रिमतमध्ये ४२ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये साढे ५ हजार बढीकाे अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या भने ५ हजार ५७५ पुगेको छ । बिहीबार मात्रै त्यहाँ २६० जनाको मृत्यु भएको छ भने साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अहिले जर्मनीमा ४४ हजार २५४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख १ हजार ३ सय भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १८ हजार ७३८ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ३८ हजार ७८ पुगेकाे छ ।

साेमबार मात्रै बेलायतमा ६३८ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख १९ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख नाघेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ४९१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १८ हजार ४९० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ८० हजार ८०८ जनामा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ४८१ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८७ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ६४ हजार ८ सय बढी निकाे भएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ९५९ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा २०७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७९८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »