सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शहरमा अलपत्र पर्नेलाई गाउँ फर्काउने योजना सहित खोटाङको रावाबेसी गाउँपालिकाले थाल्यो र्‍यापिड टेस्ट

खोटाङ। खोटाङको रावाबेसी गाउपालिकामा ७ जनाको ¥यापिड टेस्ट गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङ र रावा बेसी गाउँपालिकाको साझेदारीमा विभिन्न देशबाट आएका ७ जनाको आरडिटी किट मार्फत ¥यापिड टेस्ट गरिएको हो ।

गाउँपालिकामै ७ जनामा गरिएको कोरोना प्रारम्भिक जाँचबाट सबैको रिपोर्ट नेगेटिभ आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए । अध्यक्ष निरौलाका अनुसार गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या १४ छ । पालिकाको वडा न १ कुभिण्डेमा ५ जना वाडा न २ खार्पामा ३ जना वडा न ४ डुम्रेमा ३ जना र वडा न ६ हाैंचुरमा ५ जना गरी १४ जना होम क्वारीन्टाईनमा छन् ।

शहरमा अलपत्र पर्नेलाई गाउँ फर्काउने योजना

यसैबिच, खोटाङको रावाबेसी गाउँपालिकाले लक डाउनका कारण बिचल्लीमा परेका आफ्ना नागरिकहरुलाई गाउँ ल्याउने भएको छ । बुधबार बसेको पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठकले ज्यालामजदुरी, व्यवसाय र अध्ययनका सिलसिलामा काठमाण्डौमा बसोबास गर्दै आएका गाउँपालिकाका नागरिकहरुलाई गाउँ फर्काउने निर्णय गरेको हो ।

पालिकाले गाउँ आउन चाहानेहरुले यही वैशाख १५ गतेभित्र आ–आफ्नो वडाका वडा अध्यक्षसंग सम्पर्क गरी नाम, स्थान र सम्पर्क नम्बर टिपाउन सुचना मार्फत आह्वान गरेको छ ।

गाउँ फर्कनेहरु अनिवार्य १४ दिन क्वारेनटाइनमा राख्ने गाउँपालिकाको योजना छ । रावाबेसीमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »