सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गापाकाे अध्यक्ष तामाङद्वारा सबैलाई धन्यवाद, शुक्रबारकाे उद्धार कार्य स्थगित,

काठमाडाैँ । तेमाल गाउँपालिकाले दाेस्राे चरणकाे उद्धार कार्य अर्काे निर्णय नआएसम्मका लागि स्थगित गरेकाे छ । सारा खबरकाे पत्रकार मिलन लामा दाेङसँगकाे फाेन संवादमा तेमाल गाउँपालिकाकाे अध्यक्ष सलाम सिं तामाङले जनाकारी दिनु भएकाे हाे ।

बिहिबार ११ वटा बसकाे व्यवस्था गरेकाे भनेतापनि अत्याधिक मात्रामा तेमाल जानेहरू भएकाे कारणले थप ६ वटा बसकाे व्यवस्थापन गरेकाे थियाे ।

अध्यक्ष सलाम सिं तामाङका अनुसार प्रत्येक वडाका वडाध्यक्षहरू शुक्रबार बिहान ३ बजे मात्र घर पुगेकाे कारणले शुक्रबारकाे उद्धार कार्य सम्भव नभएकाेले अर्काे निर्णय नआएसम्मका लागि स्थगित गर्नु परेकाे बताउनुभएकाे छ ।

तेमालकाे जनतालाई उद्धार गर्नका लागि बिहिबार उपाध्यक्ष दुर्गामाया तामाङ लगाएतका जनप्रतिनिधिहरू काठमाडाैँ आइपुगेका थिए

उहाँले बिहिबार उद्धार कार्यका लागि सहयाेग गर्नु हुने उपाध्यक्ष दुर्गामाया तामाङ, वडा नं. १, २,३, ५, ६ र तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष ज्ञान बहादुर तामाङ, उहाँहरू प्रति मेराे विशेष धन्यवाद दिनु भएकाे छ भने अन्य वडाध्यक्षहरूलाई धन्यवाद दिनुभएकाे छ भने तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल तथा सम्पुर्ण कर्मचारीहरू र पत्रकारहरलाई पनि सहयाेग गरेकाेमा विशेष धन्यवाद दिनुभएकाे छ । साथै तेमाल नारायस्थान स्वास्थ्य चाैकीका इन्चार्ज शिबहरी पाठकलाई पनि धन्यवाद दिनुभएकाे छ ।

रातकाे समयमा आफैँलाई जाेखिम माेलेर तेमाल लैजाने सम्पुर्ण बस चालक र सहचालकहरूलाई पनि उहाँले धन्यवाद दिनुभएकाे छ ।

”तेमालका सबै जनता घर जान पाउनु पर्छ । पहिलाे पटक भएकाे हुनाले केहि कमि कमजाेरहरू भयाे नै, सबैलाई घर-घर सम्म असक्षम भयाैँ , सबैलाइ सिट पुर्याउन नसक्दा सबैलाई समस्या भयाे, म त्यस प्रति सबैमा सारा खबर.कमकाे माध्यमबाट सबैमा क्षमायाचना गर्न चाहन्छु ।” अध्यक्ष सलाम सिं तामाङले सम्वादकाे क्रममा क्षमा माग्दै भन्नु भयाे ।

बिहिबार तेमाल जानु भएका सबै वडाका जनताहरूलाई सुरक्षित घर पुगेकाेमा धन्यवाद व्यक्त गर्दै निश्चित समय सम्मका लागि हाेम क्वारेनटाइनमा नै बस्न पनि अनुराेध गर्नु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »