सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २ लाखनजिक, संक्रमितकाे संख्या २८ लाख नाघ्याे

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाखनजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ पुगेको छ । संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने एक लाख बढी नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको थियाे । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ थियाे ।

सङ्क्रमितमध्ये ७ लाख ९८ हजार ३६३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १८ लाख ३२ हजार ३७९ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ५३१ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ५२ हजार १६८ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३४ जनाकाे मत्यु भएको छ भने ३७ हजार ७९५ जना नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ९ लाख २४ हजार २३७ पुगेको छ । तीमध्ये एक लाख १० हजार ४३२ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ७ लाख ६३ हजार ३७१ सय बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजारकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५ हजार ९६९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९२ हजार ९९४ जना कोरोनाबाट संक्रमित भएका छन् ।

शुक्रबार मात्रै इटालीमा साढे ३ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४२० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६० हजार ४९८ बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख १९ हजार ७६४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २२ हजार ५२४ ले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ३६७ जनाको मृत्यु भएकाे छ भने साढे ६ हजार ७४० नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ९२ हजार ३५५ भन्दा बढी पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ एक लाख ४ हजार बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की र इरान पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ५९ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २२ हजार २४५ पुगेको छ ।

शुक्रबार मात्रै फ्रन्समा ३८९ जनाको मृत्यु भएको छ भने साढे १६ सय बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रिमतमध्ये ४३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये साढे ५ हजारकाे अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५५ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ५ हजार ७६० पुगेको छ । बिहीबार मात्रै त्यहाँ २६० जनाको मृत्यु भएको छ भने साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अहिले जर्मनीमा ४४ हजार २५४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ६ हजार ८ सय भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो । अहिले त्यहाँ ४२ हजारमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १९ हजार ५६० जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ४३ हजार ४६४ पुगेकाे छ ।

शुक्रबार मात्रै बेलायतमा ७६८ जनाको मृत्यु भएको छ भने ५ हजार ३८६ सय नयाँ संक्रमित थपिएका छन् । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख १३ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ५ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ६ सय जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २१ हजार ७३७ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ८० हजार ५७५ जनामा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ५७४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८८ हजार १९४ संक्रमित भएका छन् । संक्रमितमध्ये ६६ हजार ५९९ बढी निकाे भएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ९१५ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा २५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८०४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »