सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज मुस्लिम समाज नेपालगन्ज,बाँकेद्धारा विद्यार्थिहरुलाई खाद्यान्न वितरण

नेपालगन्ज,कोरोना भाइरस भित्रिन नदिन सरकारले लकडाउन शुरु गरेको एक सातापछिबाटै गरिब, विपन्न र असहायहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गर्दै आएको मुस्लिम समाज बाँँकेले खाद्यान्न गरेको छ ।


मुस्सिलमहरुको महान तथा पवित्र महिना रमजान शुरु हुनुभन्दा एकदिन पुर्व पनि रमजानको शुभभारम्भको अवसर पारेर मुस्लिम समाज बाँकेले बाहिरी जिल्लाबाट पढ्न आएका र लकडाउनमा फसेका महेन्द्र बहुमुखि क्याम्पसमा रहेको विद्यार्थिहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री सहित नगद रकम वितरण गरेको छ ।


नेपालगन्जस्थित बहुमुखी क्याम्पसमा अध्ययनरत अन्य जिल्लाका बिद्यार्थीहरू लक़डाउनको कारण क्याम्पस भित्रै होस्टलमा बस्न बाध्य रहेकोले उनिहरुलाई खानेकुराको समस्या भएपछि शुक्रवार उनिहरुलाई खाद्यान्न सहित तरकारीका लागि पाँच हजार रुपैयाँ नगद पनि हस्तान्तरण गरिएको मुस्लिम समाज बाँकेका मुस्लिम अगुवा अव्दुल जलील मंंसुरी (मुन्ना )ले बताउनु भयो ।


यसैगरि सोही दिन नेपालगन्ज उपमहानगरपालिकाको कोरियनपुरमा तथा रानी तलाऊ नजिक बस्दै आएका उपमहानगरपालिका बाहिर का गरीब असहाय र दैनिक मजदुरी गरेर गुजारा चलाउनेहरुलाई समेत राहत सवरुप खाद्यान समाग्री बितरण गरिएको उहाँले बताउनु भयो ।


उहाँले पवित्र महिना रमजानमा पनि राहात वितरण जारी राख्ने बताउनु भयो । मुस्लिम समाज बाँके बाहेक अगुवा (मुन्ना )ले आफ्नो निजि तर्फबाट पनि सयौंलाई राहात वितरण गरिसक्नु भएको छ ।
शुक्रवारको राहत वितरण कार्यमा अव्दुल जलील मंंसुरी (मुन्ना ) ,मुस्लिम समाज बाँकेका मुस्लिम अगुवा मेराज अहमद हिमालय,सारीक अली, रचना श्रेष्ठ, राकेशगुरू, रमेश सुनार लगायतको सहभागिता रहेको थियो । तथा गोल्डजिमका गुरू राकेश गुरूलाई समाजका अगुवा मुन्ना मन्सुरि तथा नेपालगंज मुस्लिम समाज बांके ले धन्यवाद ज्ञापन गरेको छ।


लकडाउनको कारण अहिले धेरैको जनजीवन अस्तव्यस्त भएको जनाउँदै ,मुस्लिम समाज बाँकेका मुस्लिम अगुवा मेराज अहमद हिमालयले कति परिवारलाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौ परेकोले आफूहरुले यो सानो प्रयास गरिरहेको हिमालयले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »