सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उपमहानगरपालिका स्तरिय समितिको बैठक सम्पन्न


नेपालगन्ज,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उपमहानगरपालिका स्तरिय समितिको शनिबार बैठक बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

सामाजिक दुरी कायम गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको प्रमुख आतिथ्यतामा बैठक बसी विभिन्न निर्णयहरु गरेको उपमहानगरपालिकाका सचिब दत्त प्रसाद आचार्यले जानकारी दिए ।

बैठकले बिपत ब्यबस्थापन कोष स्थापना गर्ने, अनुगमन समिति गठन गर्ने, राहत बितरणलाई ब्यबस्थित गर्ने, राहत बितरण एकद्वार प्रणाली अन्तर्गत गर्ने, कोरोना भाइरस फैलन नदिन जनचेतना जगाउने, लकडाउन कडाइका साथ प्रभावकारी बनाउन प्रशासनलाई मद्दत पुर्‍याउने निर्णयहरु गरेको आचार्यले काँँचुली खबरलाई जानकारी दिए ।

त्यसैगरी, मुस्लिम धर्मावलम्बीको आजबाट सुरु भएको रमजान (रोजा) को शुभकामना प्रदान गर्दै सामाजिक दूरीलाई कायम राख्दै घरमा नै नमाज पढन अनुरोध गरिएको उनले जानकारी दिए ।

बैठकमा हालसम्म बितरण गरिएको राहत लक्षित बर्गसम्म पुगेरनपुगेको बारेमा पनि समिक्षा गरिएको उनले बताए ।

पार्टीको उपमहानगरपालिका अध्यक्ष डिल्ली बरालको अध्यक्षतामा बसेको बैठकमा ईन्चार्ज अकल बहादुर बम, कमिटीका उपलब्ध सदस्यहरु तथा उपमहानगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको आचार्यले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »